साहित्यीक इन्टरनेट पत्रिका ..................

Dobato:: Literature is a kind of poison www.dobato.webs.com

2 songs by ishwor chamling

[2 songs by ihswor chamling] 6th jan,2007


1.                    मेरो गाँउ

                                           -इश्वर चाम्लीङ्ग

 

जूनले पनि सोध्यो मलाई बतासले सोध्यो मलाई

ए परदेशी

यतिन्जेल कहाँ थियौ किन माया मारयौ यो गाँउलाई

 

साथी भाई सँगि सबै गाँउ ५ा८ेर भागिसके५न्

दिनहुँ नै गोली चल्ने संयौ गाँउले मारिए५न्

कुलले पनि भुल्यो की मलाई फूलले पनि सोध्यो मलाई

ए परदेशी

यतिन्जेल कहाँ थियौ किन माया मारयौ यो गाँउलाई

 

आमा दिदी बहिनी मात्रै करैले यहाँ बस्दा रहे५न्

५ाती भित्र पिरै पिर पालेर दिन का६्दा रहे५न्

गाँउ पुग्दा दुख्यो मलाई गाँउले सबले सोधे मलाई

ए परदेशी

यतिन्जेल कहाँ थियौ किन माया मारयौ यो गाँउलाई

2.

हिजो राती गोली चल्दा लुक्न भने मलाई बर्ुइकलमा

आमा तिमी कहाँ लुक्यौ,

बाबा तिमी कहाँ लुक्यौ,

आउन अब विहान भयो एक्लै छु है मत घरमा

 

मेलापात सबै खोजे खेतबारीमा कतै छैनन्

वरिपरी सबलाई सोधे किन होला कोही बोल्दैनन्

लौन बाबै खोजिदेउन, लौन बाबै भनिदेउन

मेरी आमा कहाँ लुकेको हिजो किन गोली चलेको

हिजो राती गोली चल्दा....

 

खोज्दा खोज्दै थाकिसके कहाँ होलिन आमा अहिले

भोक पनि लागि सक्यो फर्कि आउने होला कहिले

लौन बाबै खोजिदेउन, लौन बाबै भनिदेउन

मेरो बाबा कहाँ लुकेको, हिजो किन गोली चलेको

हिजो राती गोली चल्दा.....

                            - bijayakharka, khotang