साहित्यीक इन्टरनेट पत्रिका ..................

Dobato:: Literature is a kind of poison www.dobato.webs.com

2 kavita by rakesh karki


          पिंडा

 

                 राकेश कार्की[19th2006]

                

 

सक्ने विदेशीए पिंडा बोकेर

नसक्ने छुटे पिंडामा डुबेर

पिंडाको प्रत्याक्षपण गर्ने हाउंगुजी

नबुझे झैं गर्छन् सप्पै बुझीबुझी

 

देशभरी बासमा पिंडा ओछ्ाए

भोको गांसमा पिंडा कोच्याए

कपास च्याति च्याति नाड०्गै बनाए

बिरालाको छाला ओढी मुसा खेलाए

 

बिदेशी भुमीको पिंडा कस्लाइ थाहा

स्वदेशमा झन् शारीरीक मानसिक यातना

नेपाली मारी नेपालीले पिंडा कस्लाइ दिलायो

स्वाधिनता खोसी आंशु रगत किन पो पिलायो

 

नेपाली मार्ने नेपालीले के नेतृत्व गर्ला -

सकुन्जेल मार्ला नसके आफू पनि मर्ला

नेपाली को पिंडा बुझ्ने कोही त नेपाली होला

नत्र, आफू आफू जुधि मर,े नेपाल देशै मर्ला

 


                            हल्लीयौ

साथी

तिमी हल्लीयौ

म हल्लीएं

जनता हल्लीए

देश हल्लीयो

 

दरबारले हल्लायो

पार्टर्ीी नेताले हल्लाए

पेट आन्द्रा हल्लिए

बांच्ने सास हल्लिए

प्राण प्रिय हल्लिइन

छोराछोरी हल्लिए

कोही रोक्दैनन्

कोही छेक्दैनन्

सोच्दैनन् कोही

बचाउदैनन् कोही

हल्लाउने मात्र छन्

कोही बाहिरबाट

कोही भित्रबाट

हल्लाइरहन्छन्

देशको गति

सही बाटोमा छैन

देशको लगाम

आफ्नो माटोमा छैन

छिमेकी

राष्ट्ले हल्लाउंछ

सबभन्दा शक्तिशाली

राष्ट्ले हल्लाउंछ

 

साथी

मनपरी देश हांकेपछि

तिमीले हल्लिनु छ

मैले हल्लिनु छ

देशले हल्लिनु छ

                              -लस एन्जेलस