साहित्यीक इन्टरनेट पत्रिका ..................

Dobato:: Literature is a kind of poison www.dobato.webs.com


गनतान्त्रीक कबिता 

                                              - भानु दुलाल क्षेत्री[19th dec 2006]

तिनिहरु यतै कतै घुमेका छन्
र टाउको उठाउन खोज्दै फेरि आफ्नो माखेसान्लोमा
निरहि जनतालाइ बाध्न उद्दत छन्,हर साझ- हर रात तिनिहरु
निरुङ्कुसताको डोरि बाट्दै सिङो साम्राज्यको कल्पनामा सयर गरिरहेछन्
र यसैले हम्रो गल्ति हुनेछ, तिनिहरुलाइ फेरि मौका दियौ भने
र हाम्रो धृस्टता हुनेछ, तिनिहरुको पक्षमा पैरबि गर्यौ भने
अब हामिले हाम्रा शहिदको रगत पोतिएको धर्ति छोएर कसम खानुपर्छ
जबसम्म आकासमा चन्द्र सुर्य रहन्छन्, तबसम्म सामन्तिहरुको सपना पुरा हुन
दिनुहुन्न,देशमा लोकतन्त्र, गरतन्त्र  स्थापना हुनै पर्छ
तर होशियार यौ शुरुवात मात्र हो ,
मक्ख पर्ने बेला भएको छैन

                                                     - Damak jhapa