साहित्यीक इन्टरनेट पत्रिका ..................

Dobato:: Literature is a kind of poison

नेपाली साहित्यको ऐतिहासिक दस्तावेज भनिने शारदा पुनःप्रकाशन - [2007-01-20]


                    नेपाली साहित्यको ऐतिहासिक दस्तावेज भनिने शारदा पुनःप्रकाशन हुन लागेको खबरले कवि/लेखकमा मात्रै होइन, साहित्यमा अनुराग राख्नेहरूमा पनि तरङ्ग पैदा गराएको छ । यो खुसीको खबरस“गै थुप्रै चुनौती पनि खडा भएका छन्- कुन हिसाब र दृष्टिकोणबाट शारदा प्रकाशित हुने - व्यक्ति-व्यक्तिबाट सल्लाह-सुझाव प्रेषित भइरहेछन्-
अिबको शारदा परम्परागत रूपको हुनु हु“दैन, यसले आफ्नो पुरानो प्रारूपलाई पर्ूण्ातः बदल्नर्ुपर्छ ।

शिारदाले परम्परा कायम राख्नर्ुपर्छ ।

शिारदलाई व्यावसायिक बनाउनर्ुपर्छ । बढीभन्दा बढी ग्राहक बनाउनर्ुपर्छ ।

यिो सम्पर्ूण्ा रङ्गीन हु“दैन ।

शिारदाले खोजी-खोजी, मागी-मागी उचित पारिश्रमिक दिएर लेख बटुल्नर्ुपर्छ ।

यिसमा नया“ प्रतिभालाई बढी ठाउ“ दिइनर्ुपर्छ आदि ।

भाषाविद् कमल दीक्षित भन्छन्- \'कुनै पनि पत्रिका प्रकाशित गर्नेे भइसकेपछि त्यसलाई निरन्तरता दिनर्ुपर्छ । नेपालमा पत्रपत्रिकाको सबैभन्दा ठूलो दर्ुभाग्य के हो भने, पहिले उत्साहपर्ूवक छापिन्छ र पछि सेलाउ“दै त्यो बन्द हुन पुग्छ । त्यसैले, निरन्तरतालाई ध्यान दिनु नै सबैभन्दा महत्त्वको विषय हो । पत्रिकामा प्रकाशित सबै सामग्री सबैलाई मन पर्छ भन्ने छैन, सबैलाई मन पर्ने गरेर छाप्न सम्भव पनि हु“दैन । तर निरन्तर छापि“दै जा“दा पत्रिका खारि“दै जान्छ ।\'

समालोचक कृष्णचन्द्रसिंह प्रधानको सोच यस्तो छ- \'शारदाले अहिलेको परिवेशलाई नेतृत्व गर्न सक्नर्ुपर्छ । इतिहासमा यसको आफ्नो नाम छ“दैछ । त्यसले वर्तमानमा पनि बेग्लै चिनारी बनाउनर्ुपर्छ । नामका लागि पुनःप्रकाशन गरिनु गलत हुन्छ । लेखकको मात्रै मञ्च बनाउने मनसायले अबको शारदा प्रकाशित गरिनुहु“दैन । पाठकलाई पनि आफ्नो पात्र बनाउने मञ्चका रूपमा प्रस्तुत हुन सक्नुमा शारदा पुनःप्रकाशन गरिनुको अर्थ खुल्छ ।\'

व्ाास्तवमा, निर्माण भइसकेको इतिहासलाई चलाउन खोज्नु एउटा धृष्टता हो । बनिसकेको इतिहास त्यति सजिलै भत्कि“दैन पनि । तर पनि प्रश्न नउठेको होइन, शारदाको स्थापित इतिहासलाई दोहोर्žयाउन खोज्नुको अर्थ के -

शारदाको पुनःप्रकाशन निम्ति शान्तबहादुर लागेका छन् जो पुरानो शारदाका सम्पादक तथा प्रकाशक ऋद्धिबहादुर मल्लका सन्तति हुन् । यसलाई निरन्तरता दिन सल्लाहकार शिव रेग्मी, इन्द्र माली, मोहन दुलाल, उद्धव उपाध्याय, कोमलप्रकाश घिमिरेलगायत प्रधान सम्पादक नरेन्द्रबहादुर श्रेष्ठ तथा सम्पादक विमल भौकाजीको सहकार्य उल्लेखनीय छ ।

साहित्यमा ठूलो \'जिम्मेदारी\' चलाएर बस्नेसामु ऋद्धिबहादुर मल्लकै सन्ततिले शारदालाई फेरि उचाल्नुपर्ने प्रश्न उठ्न सक्छ । साहित्यिक-धरोहरप्रति के अन्य नागरिकले सरोकार राख्नु हु“दैन - सोचौं, महान् काम गर्ने व्यक्तित्वलाई एउटा परिवारभित्र सीमित राख्ने परिस्थिति हामी आफैंले पैदा गराइराखेका त छैनौं - कि त बाजे ऋद्धिबहादुरले सुरु गरेको शारदा-अभियानको सिलसिलालाई जारी राख्न उनैका नाति शान्तबहादुर लागि पर्नु सामान्य संयोगमात्रै हो । जेभए पनि दिग्गज साहित्यकार देवकोटा, सम, रिमाल, गोठालेलगायतलाई जन्माउने शारदाका पर््रवर्तक ऋद्धिबहादुरले नेपाली वाङ्मयप्रति लगाएको गुण तिरिनसक्नु छ ।


विमल भौकाजी
सम्पादक
नया शारदा
copied from www.sahitya.org.np