साहित्यीक इन्टरनेट पत्रिका ..................

Dobato:: Literature is a kind of poison


 

                      ग्ाजल

 

                                           - राकेश कार्की [19th,dec2006]

                                     

एक्लै बोल्ने बानी हो की कोही एक्लै बोली दिन्छन्

फत्फताएर मुस्कुराउँदै मनको कुरा खोली दिन्छन्

 

पोखँु सामु खै के पोखँु आफ्नो व्यथा अरुलाई के र

त्यसैले एक्लै गन्गन् गर्दै दुःख आँशुले घोली दिन्छन्

 

कसैलाई मायाको तोड होला प्रेमीको विछोड होला

एक्लै बर्बराउन थाल्छन् जब पींडाले पोली दिन्छन्

 

आफूभित्रको पीर आफंैलाई आफैं बोलँु सुनुँ भन्दा

डाक्टरले किन होला मानसिक रोगको गोली दिन्छन्


                        ग्ाजल

दशैंमा छुट्टी पाए पक्कै जान्थंे होला

सवभन्दा सस्तो टिकट छान्थें होला

 

घरां एक्लै बा आमा बाटो हर्ेदा हुन्

एकचोटी भेट्न पाए धन्य ठान्थंे होला

 

भाइ अरव बैनी दिल्ली अक्षता बटुल्न

शान्ति छाए गाउंमै परीवार धान्थंे होला

 

चौतारीमा बर छैन हर्ुर्केको घर छैन

जोगाको अलिकति कोसेली लान्थें होला

 

दशैं न हो मेलमिलाप नेपाली चाड

गुन्दु्रकको सितनसंग ढिंडो खान्थे होला

 

मारीएका धेरै विजोगी कथा सुन्दै

छेकीएको दशैं हरे दिक्क मान्थंे होला

 

दशैंको मेलमिलाप फुटाउने बैरीलाइ

आप\mनो भन्ने सम्झाइ घरमै तान्थें होला

 

दशैंमा छुट्टी पाए दुःख सुख बांडदै

दर्ीघायु सुस्वास्थको गुच्छा हान्थें होला

                                           -  लस् एन्जेलस्