गजल
-देव गुरुङ [19th,dec2006]
सधैं बस्न मन लाग्छ तिम्रै छेउ छाउ हजुर ,
बसाइ सरि आउ झै लाग्छ तिम्रै गांउ हजुर ।
पुर्णिमाको जुन जस्तो लोभ लाग्दो जिउ डाल ,
आंखा छोपी हेर्छु तिम्रो शिर देखि पाउ हजुर ।
तिमी रोए म रुन्छु अनि तिमी हांसे म हांस्छु ,
नदेखिने तिम्रो मेरो एउटै होनि घाउ हजुर ।
हीरा मोती सुन चांदी मुल्यहिन छ मेरो लागि ,
मुल्यवान छ तिम्रो चोखो मायाको भाउ हजुर ।
संगै तरौ मायाको सागर यो दिलको डुंगामा ,
देव माझी भै बस्छु तिमी यात्रु भै आउ हजुर ।
- हङकङ
| मुख्य पेज | कविता | गजल | गीत | मुक्तक | हाईकू / तांका | रचना सम्प्रेषण |
| फोटो ग्यालरी | म्युजिक भिडियो | च्याट रुम | गेष्ट बुक | हाम्रो बारेमा |