Dobato
  Dobato  

 literature is a kind of poison. www.freewebs.com/dobato 

    

 
 

Home | Kavita | Gazal | geet | Heiku/taankaa | Muktak | Send your articles | Photo Gallery | Chat_room | Guestbook | avilekhalaya | other links | About us |


 

 
hami bacheko yug... by biplab pratik
   
 
हामी बाँचेको युग
                                     
बिप्लव प्रतीक
गुलाफ रगतपछय
सयपत्री मखमली छिया छिया छन्
रोएको हिमाल

काँडा तिखारिएको
तरबार चम्किएको
राक्षशहरु गर्जिरहेका छन्

अचेल दुबोमा शीत पर्दैन
इन्द्रणी लाग्दैन आकाशमा
लोभलाग्दो घाम बम बनेर आकाशमा उडिरहन्छ
जून चिहाएर हेर्न मन गर्दिन कतै पिन
पृथ्वी
मानवीय मुल्य विलुप्त भएको
घीनलाग्दो भट्टीमा पुत्पुत् जलिरहेछ
युग
भित्र भित्रै पाकेर सडेको आफ्नो शरीर
भड्किलो पोषाक भित्र लुकाएर उभीएको छ।

मानिस मानिस बीच अन्तर निकै बढ्दो
महल झूप्रोको अन्तर मात्र होईन
संवेदना सद्भावको अभाब
आस्था प्रमको दुर्लभता
दिक्दार धरती क्षीण भईसकी।

अँगालो हाल्न सिकाउनेहरु शूलीमा परिसके
जीवनका कलाकारहरु क्रुसीफाई भईसके
काँडा झन् झन् तिखारिँदै
गुलाफका पत्रपत्रमा रगत
सयपत्री मखमली छियाछिया
समस्त पृथ्वी वेदनामा रोईरहिछे
राक्षसहरु भने कानको जली फुट्ने गरी गर्जिरहेछन् 

____________________________________________________

This Site has been designed for 800x600 resolution and Macromedia Flash Player 5. ________________________________________________________________________________ 

 
 © dobato internet literical magazine
 

 

 

Create a free website at Webs.com