Dobato
  Dobato  

 literature is a kind of poison. www.freewebs.com/dobato 

    

 
 

Home | Kavita | Gazal | geet | Heiku/taankaa | Muktak | Send your articles | Photo Gallery | Chat_room | Guestbook | avilekhalaya | other links | About us |


 

 
aarthat au.... by ramesh poudel
   
   
अर्थात
                                 
रमेश पौडेल
हिउँ झैं सेताम्यै फूलेको
टाकुराभिर
चुम्न खोज्छन आरोहीहरु
त्यो हिमाल
शब्द शिविर बाट
चढ्न खोज्छन कविहरु
स्वर शिविर बाट
चढ्न खाज्छन् गायक गायीकाहरु
संगीत शिविरबाट
चढ्न खाज्छन् संगीतकारहरु
मोह सबैमा
त्यो हिमाल चढ्ने
कबिता लेख्दैन
कवि भन्दा सर्बत्र
गीत गाउँदैन
स्वर भन्दा सुरीलो
संगीत भर्दैन
नाद भन्दा सुमधुर
अर्थात
सिर्जनाको हिमाल
प्यास नमेटिने कहिल्यै
तिस्रनाको हिमाल
तनतनी पिउन खोज्छन्
सकी नसकी जिउन खोज्छन्
स्निग्ध हिमाल
जहाँ कुनै टाटो छैन
उसले नहिँडको बाटो छैन
उसले नछोएको माटो छैन
अर्थात
ढल्कँदो वयको किसोर हिमाल
हरेक हिउँदमा
थप्दै
फुल्न चाहान्छ
हिउँ फुल झैं
हिमाली पाखा भिर
बैंशालु आँखा भरि
____________________________________________________

This Site has been designed for 800x600 resolution and Macromedia Flash Player 5. ________________________________________________________________________________ 

 
 © dobato internet literical magazine
 

 

 

Create a free website at Webs.com