Dobato
  Dobato  

 literature is a kind of poison. www.freewebs.com/dobato 

    

 
 

Home | Kavita | Gazal | geet | Heiku/taankaa | Muktak | Send your articles | Photo Gallery | Chat_room | Guestbook | other links | About us |


 

 
paradesh bata..... Kumar karki
   


  
   परदेशवाट जन्मभुमी चिहाउदा

                                         - कुमार कार्की [18th july 2006]

आज अचानक ! मैले

मेरो जन्मभुमी संझे

मेरो वालपनका कृयाकलापहरु

आँखा भरि नाच्न थाले

त्यो श्रीदले डाँडावाट

प्ारि क्षितिजमा

पोाक्लावाङ्ग वजार नियालेको

अनि तमोर पारि फिदिम वजार

आँखाभरि टल्केको संझे

साँच्ची त्यो श्रीदलेमा

व्ानभोज खाँदाको क्षण

पानी पोखरीमा पौडि खेल्ने

असफल प्रयास गरेको थिए

म्याङ्गलुङ्ग वजारको सेरोफेरोमा हर्कदैं

माथी तिनजुरे हरिसेमा फुलेको

रातो लाली गुँरासलाई

मेरो अन्तस्करणमा सजाएको थिए

साँच्चि

तिनजुरेमा हिउ फुलेको वेला

चिसो सिरेटो सँग लुकामारी खेल्दै

क्हिले तमोर पुगेको हुन्थे

क्हिले विश्वासको सगरमाथा चढेको हुन्थे

तर आज

मेरो गुँरास सँग छैन

मेरो वालपन सँग छैन

मलाइृ दर्शन सिकाउने म्याङ्गलुङ्ग वजार

त्रि्रो सुन्दरता आगोका लप्काहरुले

चिथोरी चिथोरी कुरुप वनाई दियो

 

मेरो सम्पर्ुण्ा आस्था

त्यहि मेरो जनमभुमीलाई

त्यहि लालीगुँरासलाई

त्यहि खर्कका गोठ

घाँसी गोठालालाई

जँहा मैले जीवन सिकेको छु

हत्तेरी !

किन आज यति चाँडै

परिवर्तित भईछु

मलाई नागीमा फलेको वुकीले

तिरस्कार गरेको थियो

ति मधुर ध्वनि सहित वग्ने

खोलाहरुले अविश्वास गरेको छन्


____________________________________________________


                                          this page has been visitedtimes. thank you for visiting
 मुख्य पेज  कविता  गजल  गीत   मुक्तक  हाईकू / तांका  रचना सम्प्रेषण
   फोटो ग्यालरी  म्युजिक भिडियो   च्याट रुम    गेष्ट बुक  हाम्रो बारेमा  

____________________________________________________

This Site has been designed for 800x600 resolution and Macromedia Flash Player 5. ________________________________________________________________________________ 

 
  © Dobato internet literary magazine.
 

 

 

Create a free website at Webs.com