
बर्बाद भएँ म
बिपिन प्रधान
भनी देऊ न साथी
जिन्दगी के हो म किन उसको दासी
दुःख पाए आँशु नपोख्नु रहेछ
सुःख पाए दाँत नदेखाउनु रहेछ
हेर कोही लाहुरे भएछन् कोही साहु भएछन्
थुक्क मलाई मात्र दशा लाग्या रै छ ॥
भनी देऊ न साथी
प्रेम के हो म किन उस्को प्यासी
कल्पना गर्थें सधैं नक्कलीको
ऐना हेरी हेरी जुल्फी मिलाउँथें
मिनरल वाटर मात्र किन जुस पिलाउँथें॥
सोचें खल्तीमा पैसा छ मस्ती गर्छु
मनको प्यासी भाँडो त्यै मस्तीले भर्छु
दाँया बाँया हाई डार्लींग सबै सुसारें
भो बाबा म हारें अब त खुट्टा पसारें
एक दिनलाई दुई दिनलाई रातै रंगीए
बल्ल थाहा भयो साथी म त नांगीएँ
मजा लुट्छु भन्थें आफैं लुटिएँ
बिग्रीएँ बेकाम बनें अब बर्बाद भएँ
लौन साथी म त बर्बाद भएँ
हो साथी बर्बाद भएँ
बर्बाद भएँ ॥
____________________________________________________