हाइकु कथा चिन्तन र प्रयोग
-पोष चापागाई्र [13th,august2006]
हाइकु कथा आख्यानसाहित्यमा प्रादर्ुर्भूत नवीन चिन्तन हो । हाइकु कथामा सत्र शब्दांश -५/७/५ अक्षर) भएको एउटा हाइकु र सोको मन्थनबाट परिकल्पित लघुकथाको मर्ूतता हुन्छ । हाइकु र लघुकथा नै हाइकु कथा हो । प्रत्येक हाइकु कथामा सत्र शब्दांश भएको हाइकु हुनर्ुपर्छ । हाइकु कथाको मूलस्रोत नै हाइकु हो । हाइकुको प्रथम पङ्क्तिमा क्रिया हुन्छ । दोस्रो पङ्क्तिमा अन्तक्रिर्या हुन्छ र तेस्रो पङ्क्तिमा प्रतिक्रिया वा उद्बोधन हुन्छ । हाइकुका क्रिया, अन्तक्रिर्या र प्रतिक्रियाको सम्प्राप्तिपछि कथाकारका आँखाअगाडि अदृश्य तर दृश्यवत् एउटा रेखाचित्र प्रकट हुन्छ । सो रेखाभित्रले सम्बन्धित विषयमा सबै कुरा बोलिरहेको हुन्छ । हाइकु रेखाभित्रले देखाउको मूल बाटोमा लेखिने कथा नै हाइकु कथा हो । प्रत्येक हाइकुमा हाइकु कथा अन्तर्निहित हुन्छ । हाइकु कथा तीन चरण -प्रारम्भ, मध्य र अन्त) मा लेखिन्छ । हाइकु कथा हाइकुभन्दा बढी प्रभावकारी, बढी बोधगम्य र बढी लोकप्रिय हुन्छ । हाइकु कथा अनेकार्थी हुन्छ । थोरै बोलेर धेरै भन्न सक्नु हाइकुजस्तै हाइकु कथाको पनि विशेषता हो । हाइकुका क्रिया, अन्तक्रिर्या र प्रतिक्रियाको अनुभूतिबाट सहजरूपमा कथाको मर्ूतता धारण गरेको कथाकारको सुन्दर कथाकारिता नै हाइकु कथा हो । हाइकु कथामा मोटिभ -उद्देश्य) हुनर्ुपर्छ । विम्बात्मकता, सूत्रात्मक अल्पता, शून्यता, औत्सुक्यपर्ूण्ा पठननियता, सरल र सुललित भाषिक प्रस्तुति हाइकु कथाका विशेषताभित्र पर्दछन् । अन्य कथामा जसतै हाइकु कथामा पनि आदि, मध्य र अन्त्यको प्रयोग हुन्छ । तर हाइकु कथामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा क्रिया, अन्तक्रिर्या र प्रतिक्रिर्या लेखिएको हुुनर्ुपर्छ । हाइकु कथा पर्ूण्ा हुुन्छ । एउटा हाइकुबाट हजारौं हाइकु कथाको सिजृना हुन सक्छ । हाइकुको उद्बोधनबाट वहिर्निःसृत सम्भावनाका पुञ्जमध्यको एउटा आहृवादकारी पुञ्ज हो हाइकु कथा । लघुकथाको संरचनाका निम्ति प्रयोग हुने तत्वहरू कथावस्तु, कथोपकथन, चरित्रचित्रण, दृष्टिविन्दु, देशकाल र वातावरण, भाषाशैली, उद्देश्य हाइकु कथामा पनि प्रयोग गर्न सकिन्छ । बाध्यात्मकता हुँदैन । हाइकु- हाइकु शब्दको अक्सफोर्ड शब्दकोशमा यस्तो अर्थ लेखिएको छ- "ब् व्बउबलभकभ तजचभभ-उबचत उयझ या गकगबििथ ज्ञठ कथििबदभिक." 'हाइकु' जापानी कविताको नाम हो । यसको विस्तार प्रायः संसारका सबै मुलुकहरूमा भइसकेको छ । हाइकुमा तीन पङ्क्ति हुन्छन् । पहिलो पङ्क्तिमा ५ क्थििबदभिक -शब्दांश) हुन्छन् । जापानी हाइकु कवितामा अक्षरको साइनो उच्चारणसँग हुन्छ । एक मुल्को सासमा जति ध्वनिहरूको उच्चारण हुन्छ, अक्षर त्यसलाई भन्दछन् । नेपाली भाषामा लेखिने हाइकुहरूमा पनि एक मुल्को सासमा जति ध्वनिहरूको उच्चारण हुन्छ तयसैलाई एक अक्षर मानेर लेख्नर्ुपर्छ भन्ने मेरो व्यक्तिगत अवधारणा छ । प्रथम पङ्क्ति- यो पङ्क्तिमा ५ क्थििबदभिक -शब्दांश) हुन्छन् । यसको नाम स्थल चक्षु, क्रिया वा ब्अतष्यल हो । देखेका, सुनेका र भोगेका जस्ता इन्द्रियानुभूत कुराको यसमा सूक्ष्म प्रवेश हुन्छ । र्सजकको अनुभूति यी ५ अक्षरमा प्रतिविम्बित हुनर्ुपर्छ । स्थुल चक्षुको अन्तर्विम्ब हर्ेर्ने ज्योतिनेत्र कविदृश्यभित्र धपधप बलेको हुनर्ुपर्छ । भर्खरै खिचेको फोटो हो स्थल चक्षु । इन्द्रियानुभूत, अतिसंवेद्य, मर्मस्पर्शी, विषयको संङक्षिप्त, संवेगात्मक, धाराप्रवाह प्रस्तुति नै स्थूल चक्षु हो । यसमा सङ्क्षिप्तताभित्र पर्ूण्ाता हुन्छ ।
द्वितीय पङ्क्ति- यस पङ्क्तिमा ७ क्थििबदभिक -शब्दांश) हुन्छन् । यसलाई सूक्ष्म चक्षु, अन्तक्रिर्या वा क्ष्ललभच बअतष्यल भन्दछन् । र्सजकका इन्द्रियले अनुभव गरेका विषयमा अर्न्तर्मनले अन्तक्रिर्या गर्ने वा सो विषयमा मनैमन छलफल गर्ने काम यो पङ्क्तिमा हुन्छ । सुक्ष्म चक्षु सत्रअक्षरे हाइकुले प्रतिपादन गरसेको अर्न्तर्मनको अन्तक्रिर्या हो । यसमा क्रिया, प्रतिक्रिया बहस, तर्क, खण्डन, र्समर्थन आदि सबै पक्ष केलाइन्छ । सूक्षम चक्षुले केलाएर पाक गरिएको विषय मर्मस्पर्शी र यथार्थपरक हुन्छ । तृतीय पङ्क्ति-यसमा ५ क्थििबदभिक -शब्दांश) हुन्छन् । यसलाई उद्बोधन, प्रक्रिया वा च्भबअतष्यल -प्रतिक्रिया) भन्दछन् । उद्बोधन भनेको झल्याँस्स प्राप्त हुने सचेतता हो । यसमा र्सजकका इन्द्रियले अनुभव गरेका विषयमा उसले मनैमन कुरा खेलाउँदै हो-होइन भन्ने छलफल गरेर अचानक प्राप्त गरेको यथार्थबोध नै उद्बोधन हो । सामान्य अर्थमा यसलाई सम्बन्धित विषयको प्रतिक्रिया भन्न सकिन्छ । हाइकु कवितामा 'किगो' ऋतुबोधक शब्द हुनर्ैपर्छ भन्ने मान्यता भए पनि यसमा विचलन आएको पनि भेटिएको छ । जापानी हाइकु कविहरू पदयात्रा गर्छन् । नयाँ-नौला भूदृश्यलाई क्यानभास बनाएर विम्वहरू कोर्दछन् । आफूसित अपरिचित भूदृशयमा उभिएको हाइकु बुझिँदैन भन्ने उनीहरूको भनाइ छ । शब्द थुपारेपछि रिक्तता रहँदैन । रिक्तता नरहेपछि सम्भावना शून्य हुन्छ । सम्भावना नभएपछि पाठक बन्दी हुन्छ । हाइकु जीवनमा अनुभूत सत्यको प्रक्षेपण हो । अन्तदर्ृष्टिको सूत्रात्मक अभ्युत्थान हो हाइकु । हाइकुमा विम्वविधान र प्रतिकविन्यासको जीवनदायी भूमिका हुन्छ । सम्भावनाको खालीपन हो हाइकु । हाइकु कविता हरेक वस्तु पलपल जीवन्त हुन्छ । व्याख्या नगर्नु हाइकुको सबैभन्दा ठूलो विशेषता हो । हाइकुको सोझै लयसँग सम्बन्ध हुँदैन । हाइकुको प्रथम पङ्क्तिले कुनै चित्र प्रस्तुत गर्दछ भने बाँकी दर्ुइ पङ्क्तिले त्यसको नाटकीकरण गर्दछन् तर स्पष्ट गर्छन् चाहिँ भन्न सकिँदैन । थोरै व्यञ्जनाद्वारा अव्यक्त-अगम्यको ध्वनि बुझ्नु हाइकु काव्यको विशेषता हो । हाइकुमा शर्ीष्ाक लेख्नु हुँदैन । शर्ीष्ाक लेखेपछि सम्भावनाको अन्त्य हुन्छ हाइकुमा भूत र भविष्यको चर्चा गरिँदैन । हाइकु वर्तमानकालमा लेखिन्छ । आँखाले देखेका कुरामा वा इन्द्रियानुभूत कुरामा कविताको रचना हुन्छ । हाइकुका तीनै पङ्क्तिमा क्रियापद लेख्न हुन्न । क्रियापद लेखेपछि अन्य सम्भावना रहँदैन । विशेषतः हाइकुमा सूत्रात्मक अल्पता, सम्भावना, शून्यता, ऋतुप्रेम, अव्याख्या, शून्य क्रियापद, मोहकता, काव्यवत्, अणुवत्, शर्ीष्ाकविहीनता, झल्याँस्स प्राप्त हुने चेतना, सम्प्रेषण, सौर्न्दर्य, मानवीय यथार्थ चित्र आदि कुरा हुनर्ुपर्छ । एउटा हाइकुमा सत्र शब्दांश भएका तीन पङ्क्ति हुन्छन् । पहिलो पङ्क्तिमा क्रियाबोधक पाँच शब्दांश हुन्छन् ।
दोस्रो पङ्क्तिमा अन्तरक्रिर्या व्यक्त गर्न सक्षम ७ शब्दांश हुन्छन् । तेस्रो पङ्क्तिमा प्रतिक्रिया अभिव्यक्त गर्न सक्षम पाँच शब्दांश हुन्छन् । हाइकुबाट हाइकु कथामा रूपान्तरण हाइकुबाट हाइकु कथा सिर्जना गर्दा वा रूपान्दरण गर्दा र्सवप्रथम कथाकारले हाइकुको मर्म बुझ्न सक्नर्ुपर्छ । मर्मबोध गरेपछि सो कुरालाई कथाका रूपमा भावनात्मक परिकल्पना गर्नुपर्छ । परिकल्पित कथाको विषय प्रवेश गर्नुभन्दा पहिले हाइकुका क्रिया, अन्तक्रिर्या र प्रतिक्रियालाई क्रमबद्ध रूपमा रेखाङ्कन गर्न सक्नर्ुपर्छ । रेखाचित्रका आधारमा हाइकु कथा लेख्न सजिलो हुन्छ । हाइकु १ जेल -ल्) भित्र नेता र् कर्म वा भाग्यको फल -ल्) मुसुक्क चन्द्र । हाइकु कथा १ 'नेता' पर्ूवमन्त्री चन्द्र जेलमा थियो । चन्द्रका साथीसँगै ऊ पनि चन्द्रलाई भेट्न जेलघरमा जान्छ । भेट्छ । जानेहरू कुरा गर्छन् । एक थरी भन्छन्- "जेल ठोकेको ठीकै भयो । ऊ महाफटाहा थियो ।" अर्का थरी भन्छन्- "होइन, ऊमाथि अन्याय भयो । ऊ भ्रष्टाचारी थिएन । इमानदार थियो ।" ऊ रनभुल्लमा पर्छ- के हो - के होइन - उसको मनमा कुरा खेलछन् । हुन पनि सक्छ, नहुन पनि सक्छ । उसका आँखा आकाशतिर पर्छन् । चन्द्रमा हाँसिरहेका हुन्छन् । ऊ घर फिर्छ । हाइकु २ ढकमक्क फूल -ल्) फुल्ने चाहना सबैको रुँदै मगन्ते । हाइकु कथा २ 'फूल' एउटा सुन्दर बगैंचामा ढकमक्क फूलहरू फुलेका थिए । ती फूलहरू देखेर भर्खरै त्यहाँ पुगेको कथाकार अत्यन्त आहृलादित हुन्छ । ऊ भन्छ- "फूलहरू फुले । सुवास छरे । म फूल्न सकिनँ । र्व्यर्थ भयो जीवन संसारमा जन्मिएका सबैले यी फूलजस्तै पक्रिन र सुवास र्छन पाउनर्ुपर्छ ।" कथाकार कल्पनाको सागरमा पौडी खेलन थाल्छ । ऊ कसैको रोदन सुनेर कल्पनाबाट यथार्थको धरातलमा ओर्लिन्छ । हर्ेछ । भोकले खरिएको एउटा मगन्ते पर धुरुधुरु रोइरहेको हुन्छ । कथाकार भन्छ- "सबै सुखी नहुने रहेछन् ।" काइकु ३ दिल्लीमा वार्ता थाल -ल्) मा बारुद -द्) को गन्ध फूल -ल्) फुल्न सक्छ हाइकु कथा ३ ँढिँडो’ श्यामे गोरु जोत्दै थियो ।
स्वास्नी थुप्री जोतेको ठाउँमा मकैका बीउ र्छर्दै थिई । श्यामेले भन्यो- "सुनिस्, हाम्रा नेताले दिल्लीमा कुरा गरे अरे । प्रजातन्त्र आउँछ रे ।" झर्किदै थुप्रीले भनी- "प्रजातन्त्र न र्सजातन्त्र, नानीले लिटो खाने सिलबरे थालमा सधैँ बारुदको गन्ध आउँछ ।" गोरुलाई सिर्कनाले हिर्काउँदै श्यामेले भन्यो- "कति दिक्क मान्छेस्, ढिँडो ओढाल्न पाइन्छ होला ।" हाइकु एक ः कथा अनेक हाइकु काटिएको बोट -ट्) युद्ध, प्रकृति जनता -जन्ता) मन्दिरमा घण्ट । कथा १ ँविरुवा’ मैले पाँच-छ महिना पहिले जङ्गलमा भाले-पोथी विरुवा रोपेका थिए । रोपेपछि प्रायः म त्यहाँ पुग्थे । मलजल गर्थे । चासो राख्थे । सदाझैं आज पनि म त्यहाँ पुगें । हेरे । भाले विरुवा टि्रगार्डबाहिर मृत अवस्थामा चार टुक्रा भएर लडेको रहेछ । त्यो दृश्यले मेरो मुटु बटारियो । विरुवा काटेछन् । मान्छेको सट्टा विरुवा काटेको हो कि - पृथ्वीमा भएको अन्याय-अत्याचार देखेर प्रकृति बौलाएको हो कि - कोमल मानवहृदय पत्थर भएको हो कि - म अन्योलमा परे । यति बेला जिल्ल परेर म घर फर्किरहेको छु । घण्टको आवाज आइरहेको छ । कथा २ँप्रजातन्त्र’ म हिड्दै थिए । लाठीचार्ज भयो । एउटा विद्यार्थी ठहरै भयो । उठाउनसम्म भ्याएनन् । बुद्धको देशमा के हुन आट्यो । हाम्रो प्राकृतिक सौर्न्दर्यलाई आज किन बम र बारुदले तिरस्कार गरिरहेको छ - कुण्ठित भएका छन् नागरिक हक-अधिकारहरू । मारिनु, जेल पर्नु, अस्मिता लुटिनु यहाँ सामान्य भइसकेको छ । के हाम्रो मुलुक नै अभिशप्त हो - म उत्तर खोज्दै छु । घण्ट बज्दै छ । कथा ३ ँनरसंहार’ धार्मिक मेलामा भेला भएका गाउँलेहरू उपवास बसेर नाचगान गर्दै थिए । हामी पनि त्यहीं थियौं । भीड जम्मा भयो । एउटा तन्नेरीले भटटट.... गोली चलायो । बाह्र-पन्ध्र जना ठहरै भए । सबै परमधाम गए । सोधीखोजी भयो । ऊ सैनिक हो रे । जागिरे सैनिक किन भेलामा आयो - उसको कार्यक्षेत्र अदना मान्छेलाई निर्मम तरिकाले गोली हान्ने हो - के सोझा जनतालाई अनाहकमा मार्न पाइन्छ - ऊ मान्छे हो - ऊ मान्छे होइन कि उसलाई सञ्चालन गर्ने मान्छे नै मान्छे होइनन् । प्रकृतिले नै यो मुलुकका मान्छेलाई हत्यारा बनाएको त होइन - म घर फर्किरहेको छु । मन वाक्कदिक्क छ । प्रकृतिमौन छ प्रकृतिको मौन भञ्जन गर्दै गुन्जिएको घण्टको कर्ण्र्ााोर प्रतिध्वनि मेरो कणविवरमा ठोक्किरहेको छ । अनामनगर, काठमाडौ
| मुख्य पेज | कविता | गजल | गीत | मुक्तक | हाईकू / तांका | रचना सम्प्रेषण |
| फोटो ग्यालरी | म्युजिक भिडियो | च्याट रुम | गेष्ट बुक | हाम्रो बारेमा |