र लोकतान्त्रिक संस्कृतिको निर्माण गर्ने आकांक्षाबाट प्रेरित भएर लोकतन्त्रमा आस्था र विश्वास राख्ने स्रष्टा एवं साधकहरू नेपालको निरंकुशतन्त्रका विरुद्ध पहिलेदेखिनै आन्दोलनरत रहँदै आएका थिए । स्वतन्त्रता स्रष्टाहरूको प्राण हो । लोकतान्त्रिक व्यवस्थामा मात्र अभिव्यक्ति स्वतन्त्रता पाइन्छ । लोकतन्त्र प्राप्तिपछि मात्र देशको समग्र विकास र उत्थान सम्भव छ । लोकतन्त्र र स्रष्टाहरूका बीच पानी र माछा जस्तो अन्योन्याश्रति परस्पर परिपूरक सम्बन्ध रहन्छ । त्यसकारण लोकतन्त्र प्राप्ति र यसको संरक्षण निम्ति लोकतान्त्रिक संस्कृतिको निर्माण र विस्तार आवश्यक छ । नेपालको इतिहासमा राणाकाल एवं पञ्चायतीकालमा भएका जनआन्दोलनका क्रममा स्रष्टाहरूले विभिन्न सभा, गोष्ठी, सडक कविगोष्ठी एवं विचारका माध्यमबाट लोकतन्त्र स्थापनाका निम्ति ऐक्यबद्ध विचार प्रेषण गर्दैआएको इतिहास पनि ताजै छ । स्रष्टाहरू शान्तिपर्ूण्ा आन्दोलन गर्छन् । आफ्ना रचनाका माध्यमबाट जनचेतना जगाउने काम गर्छन् । स्रष्टाहरूका रचना नै हतियार हुन् । वास्तवमा ठूला ठूला गोलाबारुदको लडाइले गर्न नसकेको काम स्रष्टाका रचनाले गर्नसक्छ । विगत चार वर्षता अर्थात् असोज १८ र माघ १९को घटनापछि निरङ्कुश सत्ताले अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप मात्र होइन आक्रमण नै गरेको थियो । यद्यपि लेखकको स्रष्टाको मूल धर्म सिर्जनाकर्म हो । उसले एकान्तमा बसेर पनि युगपरिवर्तन गर्नसक्ने सिर्जना दिनसक्छ । तर समयमा आइपरेका बेला र निरंकुश सत्ताले जकडेका बेला यसको विरोधमा सडक संर्घष्ाका लागि पनि तयार हुन्छ । हुनु पनि पर्छ । किनकि स्रष्टा भनेको आफ्नो मुलुकको जिम्मेवार नागरिक पनि हो । व्यवस्था परिवर्तन गर्नका निम्ति भएको जनआन्दोलनका बेला को, कहाँ, के, कस्तो भन्ने प्रश्न गर्नुभन्दा जो जहाँ जुनसुकै विधा र क्षेत्रको भएपनि लोकतन्त्रप्रति आस्थावान् स्रष्टाहरू लोकतान्त्रिक आन्दोलनमा सहभागी हुनु आवश्यक थियो । - यही बुझेर होला यसपटकको लोकतान्त्रिक आन्दोलनमा सिर्जनाकर्मीहरू सबै एकै ठाउँमा उभिएका थिए । सिर्जनाकर्मलाई प्राथमिकता दिँदादिँदै पनि सड्क आन्दोलनमा उत्रिएका थिए । यसरी सड्कमा उत्रनु एउटा प्रतीकात्मक सहयोग थियो । मूलतः स्रष्टाहरूको लोकतान्त्रिक अभियान भनेको पनि सम्पर्ूण्ा जनताका लागि थियो, राष्ट्रिय उत्थानका लागि नै थियो । - राजनीतिक दल र दलसँग सम्बद्ध व्यक्ति मात्र होइन, सबै तहका पेशागत संघसंस्था, पेशाकर्मी, पत्रकार, मानवअधिकारवादी, साहित्यकार, कलाकार, रङ्गकर्मी आदि सबै यसपटकको जनआन्दोलनमा लोकतन्त्र स्थापनाका निम्ति सडकमा उत्रिएका थिए । - लोकतन्त्र सबैको साझा हो । लोकतन्त्र अर्थात् निरङ्कुश बर्बर सत्ताको अन्त्य । मानवअधिकारको रक्षक । समावेशी र राजनीतिक प्रणाली लोकतन्त्र समानता, भ्रातृत्व र ऐक्यको परिचालक । मानवमात्रको उत्थापक । - लोकतन्त्रको नारासँगै आन्दोलनमा उत्रिएका हजारौं व्यक्ति जेलनेल परेका बेला, हजारौंको सङ्ख्यामा अङ्गभङ्ग घाइते भएका बेला, दर्जनौं मारिएका बेला, बाल वृद्ध र निर्दोष समेतलाई निरङ्कुशतन्त्रको आक्रमण भएको बेला स्रष्टाले घरभित्रै बसेर उपदेशात्मक भाषाको सिर्जना गर्नु पर्याप्त हुँदैन थियो ।
स्रष्टा सामान्यभन्दा केही माथिको बौद्धिकताको पगरी भिरेको सचेत कहलिने व्यक्ति । यदि आवश्यक परेको बेलामा नबोल्ने, नलेख्ने र कार्यक्षेत्रमा नउभिने हो भने यसको कुनै औचित्य छैन । - गत चैत्र ३० गते गुरुकुल नाट्यगृहमा लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च र गुरुकुलको आयोजनामा स्रष्टाहरूको एउटा विशाल सभा भएको थियो । त्यस सभामा ४० वटा भन्दा बढी विभिन्न संघ संस्थाहरूको सहभागिता रहेको थियो । संस्कृतिविद् बयोवृद्ध स्रष्टा सत्यमोहन जोशीको प्रमुख आतिथ्य र डा. तुलसी भट्टर्राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमपछि लोकतन्त्रको उद्घोष गर्दै स्रष्टाहरूले सडकमा जुलुस निकालेका थिए । - त्यस दिन बिहान नौ बजे देखि नै गुरुकुलमा प्रहरी एवं गुप्तचरहरू आउने जाने क्रम थियो । तर हामीहरूले कार्यक्रम सभाकक्षभित्र मात्र हुने जानकारी गराएका थियौं । स्रष्टाहरूलाई आमन्त्रण गर्दा पनि यो कार्यक्रम सभाकक्ष भित्रमात्र सम्पन्न हुने कुरा बताइएको थियो । सभापछि जुलुस र सड्क धर्नासम्बन्धी कार्यक्रम गर्ने कुरा आयोजकमध्येका हामी केहीले मात्र सल्लाह गरेका थियौं । पहिले नै थाहा दिँदा स्रष्टाहरूको उपस्थिति कम हुने डर थियो । - कार्यक्रम सुरु गरेर मह जोडी लगायतका केही स्रष्टाहरूले बोलेपछि बाहिरपट्टबिाट युवराज घिमिरे र ठाकुर बेल्बासेले कर्फ्र्यू लागिसकेको कुरा जानकारी गराउँदै छिटै जुलुस निकाल्न सङ्केत गर्दैथिए । उद्घोषक विष्णुविभु घिमिरेले उद्घोष गरे - "हलभित्रको कार्यक्रम यहीँ समाप्त हुन्छ, अबको कार्यक्रम यहाँबाट निस्किएर नारा जुलुससहित बानेश्वर चोक पुगेर अथवा प्रहरीले नघेरेसम्म जुलुस यात्रा गर्ने तर घेरा तोड्न बल नगर्ने सड्कमै बसेर कविगोष्ठि गर्ने ।" - सबै जर्?याक जुरुक उठेर पंक्तिबद्ध भएर बाहिर निस्कियौं । जुलुस र सड्क धर्नाको कार्यक्रम सहभागीहरूले पहिले थाहा नपाएका कारण सबैमा एकप्रकार भय र आतङ्क मिश्रति परिस्थिति सृजना भएको थियो । धेरैलाई अकल्पनीय पनि थियो यो घटना । केही स्रष्टाहरूले मात्र यसअघिका सड्क जुलुस, धर्ना र पक्राउ भोगेका थिए । - तर त्यसदिन सबैले हिम्मत गरे । कोही पनि पछि हटेन । आयोजकका नाताले हामी केही ब्यानर बोकेर अघिल्लो पंक्तिमा नारासहित जुलुस यात्रामा सहभागी भयौं । प्रहरीहरू गुरुकुलभित्रै कार्यक्रम सिमित रहने कुरामा ढुक्क भएका कारण तत्काल कुनै अवरोध भएन ।
त्यहाँ भएका दर्ुइ चार प्रहरीहरूले सम्बन्धित ठाउँमा खबर गरेर प्रहरी बल आइपुगुञ्जेलसम्म जुलुस बानेश्वर चोक पुग्न सफल भएको थियो । - करीब पाँच सय स्रष्टाहरू अर्थात् साहित्यकार, कलाकार, रङ्गकर्मी, चलचित्रकर्मी, अभिनेता, अभिनेतृ, फिल्म निर्माता आदि गुरुकुल मैतिदेवीबाट पुरानो बानेश्वरसम्म लोकतन्त्र जिन्दाबाद, निरङ्कुशतन्त्र मर्ुदाबाद, अभिव्यक्ति स्वतन्त्रता हाम्रो नैर्सर्गिक अधिकार हो जस्ता नारा गुञ्जायमान गर्दै सड्कमा निस्केका थिए । - बाटो दुवैतर्फा जनसमुदायले ताली र नारा घन्काएर स्वागत गरिएको स्रष्टा जुलुस पुरानो बानेश्वर चोकमा प्रहरी घेरामा परेपछि रोकियो । सबै स्रष्टाहरू सडकमा बसेपछि पर्ूवयोजना अनुसार कवितावाचन सुरु भयो । पहिलो कविता वाचन कवयित्री बेन्जु शर्माबाट हुँदैथियो । अचानक निहत्था स्रष्टाहरूमाथि प्रहरीबाट लाठी प्रहार सँगसँगै गोली र अश्रुग्यास समेत छोडिएको थियो । सड्कमा शान्तिपर्ूण्ा धर्ना बसेका स्रष्टाहरू सँग प्रतिकार गर्ने कुनै साधन थिएन । प्रतिकार गर्ने उद्देश्य पनि थिएन । कलम कुची, अभिनय कला र मधुर स्वर मात्र औजार भएका स्रष्टाहरू यसरी निर्घर्ाापिटिनु इतिहास मै अनौठो घटना थियो । सम्भवतः यो विश्व इतिहासकै पहिलो घटना होला । - हिटलर, मुसोलिनी, इदि अमिन, पोलपोट, मार्कोस, पिनोसे, बोकासा आदि प्रख्यात तानाशाहहरूको शासनकालमा पनि स्रष्टाहरूमाथि यस्तो निर्मम र निर्घर्ााप्रहार भएको उदाहरण पाईंदैन । तर यसपटकका नेपालको लोकतान्त्रिक जनआन्दोलनमा तानाशाही सरकारले आफ्नो बर्बरता देखायो । - प्रहरीले घर्ेनासाथ सड्कमा त बसियो चारैतिर लाठी र बन्दुक बोकेका प्रहरीहरूलाई देख्दा मनमा ठूलो तर्कना घुमिरहृयो । मनमा एकप्रकारको भय र त्रास गुम्सिएको थियो । हुन त यसअघि पनि कयौंपटक जुलुस धर्ना र पक्राउ कार्यक्रममा परिएको हो ।
तर त्यसदिनको स्थिति अलि फरक थियो । मुलुक भरी नै आन्दोलनले चरम रूप लिइसकेको र निरङ्कुश सत्ताको यातना पनि त्यत्तिकै बढेको बेला थियो । - मेरो मनमा शङ्का उपशङ्काहरू खेलिरहेका थिए । मर्न त नमरिएला तर अंङ्गभङ्ग हुने कुरा चाहिँ निश्चित छ । यति ठूलो आतङ्कको अवस्था यसअघि मैले भोगेको थिइन । एकाएक दर्ुइजना प्रहरीले मेरो कठालो समाएर उठाएपछि मैले "कठालो छोड् कठालो छोड" भनेर कराएँ अनि उनीहरूले मेरा पाखुरा समातेर सामान खाँदे झैं गरी भ्यानमा लगेर भित्र कोचे । - त्यसदिनको घटनामा देशभक्त खनाल, कुसुम ज्ञवाली, आर एम डङ्गोल, हरिगोविन्द लुँइटेल, गणेश पौडेल, घिमिरे युवराज, ठाकुर बेल्बासे, डा. सन्जीव उप्रेती, भोला सापकोटा, मनोज न्यौपाने, रामु मुकारुङ एवं डा. तुलसी भट्टर्राई पक्राउ परेका थिए भने विष्णुविभु घिमिेरे, किरण मानन्धर, सुनिल पोखरेल आदि दर्जनौं लाठी प्रहारबाट घाइते भएका थिए । - मलाई समातिसकेपछि चारैतिर भयावह स्थिति फैलिएको थियो । जसलाई पायो त्यसैमाथि लाठी प्रहार हुँदैथियो । गोलीको आवाज सँगसँगै अश्रुग्यासको धुँवा पनि फैलिएको थियो । सबै तितर बितर र भागाभाग । एकप्रकार कोलाहलको वातावरण थियो । एकप्रकार अत्यन्तै त्रासद र भयावह क्षण थियो त्यो । अकल्पनीय र अभूतपर्ूव । स्रष्टाहरूले संयुक्त रूपमा गरेको निषेधित समय र निषेधित स्थानको प्रतिरोध । अनि यातना भोगाइको त्यो दिन । यतिबेलापनि त्यस दिनलाई संझिदा आङ जिरिङ्ग भएर रोमाञ्चित हुन्छ ।(copied from madhupark)
This
Site has been designed for 800x600 resolution and Macromedia
Flash Player 5.
________________________________________________________________________________