Dobato   Dobato  

 literature is a kind of poison. www.freewebs.com/dobato 

    

 
 

Home | Kavita | Gazal | geet | Heiku/taankaa | Muktak | Send your articles | Photo Gallery | Chat_room | Guestbook | other links | About us |


 

 
Nepalma urdu sayaree ko khoji...... -jaiki mujahu.
   


       
नेपालमा उर्दू शायरीको एक सशक्त खोज "नेपाल मे उर्दू शायरी"

 

                          -जैकी मोजाहु- {15th july2006]


                    शायरी भन्नासाथ गजल, कताअ् मुक्तकतिर ध्यानाकषिर्त हुन्छ वास्तवमा शायरीबाट नै गजल,

 कताअ्, मुक्तक, हम्द नात आदिको निर्माण हुन्छ भनिन्छ गजलको शुरुआत अरबी अनि फारसीबाट भएको

 हो गजल अरबी, फारसी हुँदै उर्दू, हिन्दी नेपाली जस्ता आर्यन् भाषाहरुमा फष्टाउँदै गएको गजल गेय

विधाको उच्चतम नमूनाको रुपमा स्थापित सांकेतिक भाषा हो  जहाँ सांकेतिक जादूहरुको झरी हुन्छ

                  गजलको इतिहासलाई यहाँ खोतल्ने प्रयास गरिएको होइन बल्कि नेपालजस्तो मुलुकमा उर्दू फारसी

गजल गोष्ठीहरु भएको कुराले नेपालको साहित्य फाँटमा गुम्सिएर रहेको यथार्थलाई खोतल्ने प्रयास भने अवश्य

गरिएको तीन वर्षअघि उर्दू एण्ड पाकिस्तान स्टडिज चेयर, त्रिभूवन विश्वविद्यालय, काठमाडौंका स्कालर प्राध्या

पक डा. अब्दर्ुरऊफ कौसरले "नेपाल मे उर्दू शायरी" नामक पुस्तकलाई नेपालको साहित्य भूमिमा जन्म दिएर

नेपाली साहित्य फाँटमा गजल विधाले कसरी र्स्पर्श गर्यो भन्ने कुरा पत्ता लगाउन सुगम बनाइ दिएका छन्

उक्त पुस्तक डा. अब्दर्ुरऊफको सम्पादन मात्र होइन खोज हो जस पुनित कार्यमा यो पंक्तिकार पनि शामेल

 थियो उनले पुस्तकलाई नेपालको साहित्य जगत्मा पेश गरेर गजल-गो तथा गजलपे्रमीहरुको लागि औधि गुन

 लगाएर आफ्नो स्वदेश पाकिस्तान र्फकेे उनको कृतिले उनलाई नेपाली गजलको आकाशमा सदा अमर राख्नेछ

                उनले पुस्तकको भूमिकामा बयान गरे अनुसार उनले नेपालका वरिष्ठ उर्दू शायर के. एम. शाह "रजा"

नियाजी को सहायताबाट यस्तो ऐतिहासिक नेपालको गजल जगत्मै पूरातात्विक महत्व राख्ने पाण्डुलिपी फेला

 पारे जसले नेपालमा मोतिराम भट्ट -१९२३-१९५३) को जम्नभन्दा पहिले पनि उपत्यकाभित्र गजलको इतिहासलाई

खोतल्ने कार्य गरेको

                नेपाली गजलको इतिहासपर्ूव नेपाली भूमिमा विश्व स्तरको गजल रचिनु चानचुने कुरा पक्कै होइन

 मोतिराम भट्टभन्दा पहिलेका कुनै नेपाली गजल फेला पार्न नसकिएता पनि उर्दू तथा फारसीमा त्योभन्दा पहिले

 नै उपत्यकाभित्र मोशायरा हुनुले नेपाली गजललाई उर्जा अवश्य मिलेको भन्न सकिने आधार खडा भएको

 

गम में गरीक बहरे मुहब्बत के उन दिनों

मिकराजे मौज दामने दरिया कतर गई

 

              "मिकराजे मौज दामने दरिया कतर गई" अर्थात् विरहका ती दिनहरुले प्रेमीरुपी नदीको किनारालाई छालको

धारले काटि दियो त्यस वखत कुनै मोशायरामा यो तरही मिशरा मा शेर कथ्नु पर्ने प्रतिस्पर्धा भएको यस

पुस्तकले खोतलेको एउटा विषय वस्तु हो त्यस्तै अर्काे तरही मिशरा थियो -

 

"इन्तजार ही मे जाएगी जाँ बरसात मे"

 

              अर्थात् वषर्ा यामको सुन्दर मौसममा त्रि्रो प्रतिक्षामा ज्यान जाने यी दुवै तरही मुशायरामा

तत्कालिन समयका शायरहरुले आफ्नो शिल्प देखाएका थिए यस खोजले दश वटा त्यस्ता शायरहरुको अस्तित्वलाई

 उजागर पारिएको  जुन यस खोज हुञ्जेलसम्मको १३६ वर्षम्म गर्भमा लुकेर रहेका थिए ती शायरहरु हुन्

-नसरुल्लाह कश्मिरी उर्फहरीफ, गुलाम मुहम्मद खानकाही, मियाँ मुहियुद्दीन, अहमद पहलवान, नवाब बिर्जीश कद्र, बद्र,

 मुन्शी मुहम्मद हुसैन, मुन्शी बहादुर सिंह "अहकर" भोलानाथ "फलक" यी शायरका शेरहरुलाई हजरत बदख्शीले

 आफ्नो व्याज -संकलन) को अन्तिम पृष्ठहरुमा सुन्दर अक्षरले लेखेर सुरक्षित गरेका थिए यी शायरहरु लखनऊका

नवाब वाजिद अली शाहकी रानी बेगम हजरत महल तथा उनका सुपुत्र नवाब बिर्जीश कद्रसँगै शरणार्थीको रुपमा

 नेपाल पसेका थिए

                 प्राध्यापक अब्दर्ुरऊफ "ब्याजे बदख्शी के चन्द शोरा" शर्ीष्ाक दिंदै लेख्दछन्, "यस्तो प्रतीत हुन्छ कि

त्यस जमानामा काठमाण्डूमा तरही मुशायरा -आधार दिएर शेर बनाउन आयोजित गजल गोष्ठी) को आयोजना भयो

जुन जुन शायरले त्यसमा भाग लिए तिनका प्रस्तुतिलाई हजरत ख्वाजा नईमुद्दिन बदख्शीले संकलन गरी सुन्दर

 अक्षरहरुमा आफ्नो डायरीमा प्रविष्ट गरिदिए "

               साहित्यिक अनुसन्धानकर्ता डा. अब्दर्ुरऊफ यिनै दस्तावेजको आधारमा यो भन्ने साहस जुटाएका छन्

कि -यिनै शायरहरुको गजलप्रतिको अभिरुचि लगावले गर्दा त्यस जमानामा मोतिराम भट्टले नेपाली भाषामा

औधि राम्रा राम्रा गजल लेखेका छन् उनी लेख्दछन्, "त्यस ऐतिहासिक हस्तलिखित डायरी -ब्याज) मा दर्ज

मुन्शीबहादुर सिंह "अहकर"  भोलानाथ "फलक" यदि नेपाली नागरिक हुन् भने यी शायरहरुले देखाएको काव्यात्मक

 प्रभाव ज्योतिर्मय "

               १४० वर्षपुराना गजलहरुका अतिरिक्त १०० देखि १४८ वर्षम्म पुरानो हुन सक्ने "सरवर" भन्ने शायरका केही

 काव्य रचनाहरुलाई समेत पुस्तकले आफनो पन्नाहरुमा अटाएको सरवरले आफ्नो एक कसीदामा हजरत

सुल्तान हमीदको शानमा केही श्रृजन व्यक्त गरेका छन् यसैबाट सम्पादकले यसको कालक्रमको अनुमान

लगाएका छन् यसका अतिरिक्त हजरत अखुन्द अमीरुद्दीन "वासिक" का तीन गजललाई पुस्तकमा स्ामावेश

गरिएको जबकि "वासिक" को काव्य यात्रा सन् १९२० मा समाप्त हुन्छ सम्पादकले स्थापित गजलगोको रुपमा

नचिनाएका स्व. हकीम ख्वाजा हसन शाह नियाजी अजिजीका तीन वटा गजल समेत पुस्तकमा समेटिएको

              यो पुस्तक एक काव्यात्मक खोज हो इतिहासकै गर्भमा रहेका यी गजल-गोहरुका अतिरिक्त