Dobato   Dobato  

 literature is a kind of poison. www.freewebs.com/dobato 

    

 
 

Home | Kavita | Gazal | geet | Heiku/taankaa | Muktak | Send your articles | Photo Gallery | Chat_room | Guestbook | other links | About us |


 

 
Nepalma urdu sayaree ko khoji...... -jaiki mujahu.
   


       
नेपालमा उर्दू शायरीको एक सशक्त खोज "नेपाल मे उर्दू शायरी"

 

                          -जैकी मोजाहु- {15th july2006]


                    शायरी भन्नासाथ गजल, कताअ् मुक्तकतिर ध्यानाकषिर्त हुन्छ वास्तवमा शायरीबाट नै गजल,

 कताअ्, मुक्तक, हम्द नात आदिको निर्माण हुन्छ भनिन्छ गजलको शुरुआत अरबी अनि फारसीबाट भएको

 हो गजल अरबी, फारसी हुँदै उर्दू, हिन्दी नेपाली जस्ता आर्यन् भाषाहरुमा फष्टाउँदै गएको गजल गेय

विधाको उच्चतम नमूनाको रुपमा स्थापित सांकेतिक भाषा हो  जहाँ सांकेतिक जादूहरुको झरी हुन्छ

                  गजलको इतिहासलाई यहाँ खोतल्ने प्रयास गरिएको होइन बल्कि नेपालजस्तो मुलुकमा उर्दू फारसी

गजल गोष्ठीहरु भएको कुराले नेपालको साहित्य फाँटमा गुम्सिएर रहेको यथार्थलाई खोतल्ने प्रयास भने अवश्य

गरिएको तीन वर्षअघि उर्दू एण्ड पाकिस्तान स्टडिज चेयर, त्रिभूवन विश्वविद्यालय, काठमाडौंका स्कालर प्राध्या

पक डा. अब्दर्ुरऊफ कौसरले "नेपाल मे उर्दू शायरी" नामक पुस्तकलाई नेपालको साहित्य भूमिमा जन्म दिएर

नेपाली साहित्य फाँटमा गजल विधाले कसरी र्स्पर्श गर्यो भन्ने कुरा पत्ता लगाउन सुगम बनाइ दिएका छन्

उक्त पुस्तक डा. अब्दर्ुरऊफको सम्पादन मात्र होइन खोज हो जस पुनित कार्यमा यो पंक्तिकार पनि शामेल

 थियो उनले पुस्तकलाई नेपालको साहित्य जगत्मा पेश गरेर गजल-गो तथा गजलपे्रमीहरुको लागि औधि गुन

 लगाएर आफ्नो स्वदेश पाकिस्तान र्फकेे उनको कृतिले उनलाई नेपाली गजलको आकाशमा सदा अमर राख्नेछ

                उनले पुस्तकको भूमिकामा बयान गरे अनुसार उनले नेपालका वरिष्ठ उर्दू शायर के. एम. शाह "रजा"

नियाजी को सहायताबाट यस्तो ऐतिहासिक नेपालको गजल जगत्मै पूरातात्विक महत्व राख्ने पाण्डुलिपी फेला

 पारे जसले नेपालमा मोतिराम भट्ट -१९२३-१९५३) को जम्नभन्दा पहिले पनि उपत्यकाभित्र गजलको इतिहासलाई

खोतल्ने कार्य गरेको

                नेपाली गजलको इतिहासपर्ूव नेपाली भूमिमा विश्व स्तरको गजल रचिनु चानचुने कुरा पक्कै होइन

 मोतिराम भट्टभन्दा पहिलेका कुनै नेपाली गजल फेला पार्न नसकिएता पनि उर्दू तथा फारसीमा त्योभन्दा पहिले

 नै उपत्यकाभित्र मोशायरा हुनुले नेपाली गजललाई उर्जा अवश्य मिलेको भन्न सकिने आधार खडा भएको

 

गम में गरीक बहरे मुहब्बत के उन दिनों

मिकराजे मौज दामने दरिया कतर गई

 

              "मिकराजे मौज दामने दरिया कतर गई" अर्थात् विरहका ती दिनहरुले प्रेमीरुपी नदीको किनारालाई छालको

धारले काटि दियो त्यस वखत कुनै मोशायरामा यो तरही मिशरा मा शेर कथ्नु पर्ने प्रतिस्पर्धा भएको यस

पुस्तकले खोतलेको एउटा विषय वस्तु हो त्यस्तै अर्काे तरही मिशरा थियो -

 

"इन्तजार ही मे जाएगी जाँ बरसात मे"

 

              अर्थात् वषर्ा यामको सुन्दर मौसममा त्रि्रो प्रतिक्षामा ज्यान जाने यी दुवै तरही मुशायरामा

तत्कालिन समयका शायरहरुले आफ्नो शिल्प देखाएका थिए यस खोजले दश वटा त्यस्ता शायरहरुको अस्तित्वलाई

 उजागर पारिएको  जुन यस खोज हुञ्जेलसम्मको १३६ वर्षम्म गर्भमा लुकेर रहेका थिए ती शायरहरु हुन्

-नसरुल्लाह कश्मिरी उर्फहरीफ, गुलाम मुहम्मद खानकाही, मियाँ मुहियुद्दीन, अहमद पहलवान, नवाब बिर्जीश कद्र, बद्र,

 मुन्शी मुहम्मद हुसैन, मुन्शी बहादुर सिंह "अहकर" भोलानाथ "फलक" यी शायरका शेरहरुलाई हजरत बदख्शीले

 आफ्नो व्याज -संकलन) को अन्तिम पृष्ठहरुमा सुन्दर अक्षरले लेखेर सुरक्षित गरेका थिए यी शायरहरु लखनऊका

नवाब वाजिद अली शाहकी रानी बेगम हजरत महल तथा उनका सुपुत्र नवाब बिर्जीश कद्रसँगै शरणार्थीको रुपमा

 नेपाल पसेका थिए

                 प्राध्यापक अब्दर्ुरऊफ "ब्याजे बदख्शी के चन्द शोरा" शर्ीष्ाक दिंदै लेख्दछन्, "यस्तो प्रतीत हुन्छ कि

त्यस जमानामा काठमाण्डूमा तरही मुशायरा -आधार दिएर शेर बनाउन आयोजित गजल गोष्ठी) को आयोजना भयो

जुन जुन शायरले त्यसमा भाग लिए तिनका प्रस्तुतिलाई हजरत ख्वाजा नईमुद्दिन बदख्शीले संकलन गरी सुन्दर

 अक्षरहरुमा आफ्नो डायरीमा प्रविष्ट गरिदिए "

               साहित्यिक अनुसन्धानकर्ता डा. अब्दर्ुरऊफ यिनै दस्तावेजको आधारमा यो भन्ने साहस जुटाएका छन्

कि -यिनै शायरहरुको गजलप्रतिको अभिरुचि लगावले गर्दा त्यस जमानामा मोतिराम भट्टले नेपाली भाषामा

औधि राम्रा राम्रा गजल लेखेका छन् उनी लेख्दछन्, "त्यस ऐतिहासिक हस्तलिखित डायरी -ब्याज) मा दर्ज

मुन्शीबहादुर सिंह "अहकर"  भोलानाथ "फलक" यदि नेपाली नागरिक हुन् भने यी शायरहरुले देखाएको काव्यात्मक

 प्रभाव ज्योतिर्मय "

               १४० वर्षपुराना गजलहरुका अतिरिक्त १०० देखि १४८ वर्षम्म पुरानो हुन सक्ने "सरवर" भन्ने शायरका केही

 काव्य रचनाहरुलाई समेत पुस्तकले आफनो पन्नाहरुमा अटाएको सरवरले आफ्नो एक कसीदामा हजरत

सुल्तान हमीदको शानमा केही श्रृजन व्यक्त गरेका छन् यसैबाट सम्पादकले यसको कालक्रमको अनुमान

लगाएका छन् यसका अतिरिक्त हजरत अखुन्द अमीरुद्दीन "वासिक" का तीन गजललाई पुस्तकमा स्ामावेश

गरिएको जबकि "वासिक" को काव्य यात्रा सन् १९२० मा समाप्त हुन्छ सम्पादकले स्थापित गजलगोको रुपमा

नचिनाएका स्व. हकीम ख्वाजा हसन शाह नियाजी अजिजीका तीन वटा गजल समेत पुस्तकमा समेटिएको

              यो पुस्तक एक काव्यात्मक खोज हो इतिहासकै गर्भमा रहेका यी गजल-गोहरुका अतिरिक्त वर्तमान

समयमा नेपालमा सक्रिय उर्दू शायरी गर्ने केही गजलकारहरुका गजल तथा नातहरुलाई समेत स्थान दिएर वर्तमान

पुस्ताको हौसला बढाएको तिनमा काठमाडौंका स्थापित शायर ख्वाजा मोअज्जम शाह "रजा" नियाजी, फारुक अहमद

 "आरिफ", अब्दुललतीफ "शौक", गुलाम जिलानी "राही", निसार अहमद "निसार", अश्फाक रसूल हाशमी "सरवर",

 अमिरुल्लाह असअदी"रिन्द रहिमी", रसूल मो. "आरजू", मो. हाशिम "अंजुम", मो. उमर "असर", शौकत अली "शौकत",

 मो. इस्माईल अन्सारी, मो. मुस्तफा कुरैशी, जमील अहमद "हाशमी", जाहिद आजाद, अमरुद्दीन अहमद "फिगार", अब्दुल

 अजीम "फहद", खालिद रमजी रहेका छन् पुस्तकमा अश्फाक रसूल हाशमी "सरवर" का एक गुलाम जिलानी

"राही" को एक गरी जम्मा दर्ुइवटा मात्रै भए पनि नात समेत समाावेश गरिएका छन् जबकि नेपालको हिमालय

श्रृंखलामथि स्वतन्त्र रुपमा खालिद रमजीद्वारा लेखिएको उर्दू कवितालाई पनि पुस्तकमा स्थान दिइएको -

 

चादर लहु रंग ओढकर

रिश्ता शहिदी जोडकर

आज क्यूँ निकली हो तुम -

क्या मुजाहिद की अदा हो तुम -

दुश्मन की कजा हो तुम -

या के कुदरत का तोहफा हो तुम -

धरती से हजारो फिट

बुलन्द आकाश के तट के करीब

कुदरत का एक अतिया हो तुम

यूरप से भी आती हैं

हजारो कोह मैपा टोलियाँ

तेरी सलामी के लिए

तुम कोइ बुत हो या बर्फीला सनम -

 

पुस्तकमा भएका शेरहरुका थप केही झाँकीहरु

 

पैरहन फाडके निकले हैं तेरी दीद को गुल

वरना लाजिम था उन्हें सर बा गिरेबाँ होना

-सरवर

लाख हुँ मै छेडता लेकिन नही हँसती हो तुमर्

बर्क तडपाओ जरा जाने जाँ बरसात मे

-अहकर

मैं जो चाहुँ तो लगा दूँ अश्कों की झरी

रुबरु मेरे भला क्या बरसेगी बेहतर बरसात मे

-भोलानाथ फलक

कत्ले आशिक के सिवा कुछ तुम्हें मञ्जुर भी है

रस्म उलफत की भी है मिलने का दस्तुर भी है

-अखुन्द अमीरुद्दीन "वासिक"

याद उस बूत की भी है जिक्रे खूदा के शामिल

दिल मेरा काबा है आधा तो मन्दिर आधा

-सरवर

इन्सान का मिजाज हो इन्सानियत नवाज

प्ााकिजा अब फिजा को बनाने का वक्त है

-फारुक अहमद "आरिफ"

कभी तो आएगा तूफाँ बाग हस्ती मे

रहेगा फिर कहाँ कोई निशाँ आहिस्ता आहिस्ता

-ख्वाजा मोअज्जम शाह "रजा" नियाजी

मत पुछिए उल्फत मे जफा कौन करेगा

यह काम भी अपनो के सिवा कौन करेगा

-अब्दुल लतीफ "शौक"

चला मै जो सरवर तलाशे नबी मे

मुझे ढुँढने निक्ली रहमत खुदा की

अश्फाक रसूल हाशमी "सरवर"

जिसने एक बार भी पी ली तेरे पैमाने से

पी के वापस गया वह कभी मयखाने से

-फारुक अहमद "आरिफ"

 

खोजमा संलग्न टिमः

प्राध्यापक डा. अब्दर्ुरऊफ कौसर -मुल्तान, पाकिस्तान), ख्वाजा मोअज्जम शाह "रजा" नियाजी -काठमाडौं),

आदिल सरवर "नेपाली" -नेपालगञ्ज), जैकी "मोजाहु" -सुनसरी)

 

                 प्राध्यापक डा. अब्दर्ुरऊफ कौसर पाकिस्तान सरकारका तर्फाट त्रिविविमा उर्दू विषय अध्यापन कार्यमा संलग्न

 थिए उनले उर्दूका महाकवि डा. इकबालमाथि डक्टरेटमा शोध गरेका हुन् भने "रजा" नियाजी पेशाले इंजिनियर भएता

पनि नेपालको स्थापित उर्दू गजल-गो को रुपमा चिनिन्छन् उनले नेपाली गीत गजलहरुलाई उर्दूमा समेत उल्था गरी

नेपाली साहित्यलाई उर्दूभाषीसम्म पुर्याएका छन् आदिल सरवर "नेपाली" ले नेपालको युवा पुस्ताका उर्दू गजल-गो को

 प्रतिनिधित्व गरेका छन् उनले संयुक्त अरब इमिरेट्स्मा हुने अन्तर्रर्ााट्रय उर्दू मोशायराहरुमा समेत एकलो नेपाली

शायरको रुपमा आफूलाई उपस्थित गर्न चुकेका छैनन् यिनले नेपालीमा पनि केही गजल कहेका छन् जुन प्रकाशनको

प्रतीक्षामा आफ्नै परिचय दिन गाह्रो मान्दै जैकी "मोजाहु" ले कविताभन्दा पनि गजलतिर आफूलाई ढाल्दै लगेको

  गत वर्षमेरौ कविता, गजल गीतहरुको संग्रह "बुख्याँचा" प्रकाशन भएको थियो भने भर्खरै विलयन प्रविधिमा

यर्ूर्एइमा कार्यरत् अन्य चार जना गजलकार साथीहरुसित मिलेर आरोहण भन्ने गजल संग्रह प्रकाशन गराएको छु

 कथा, उपन्यासहरुमा पनि मेरो कलम चल्दैछ खोजमूलक पत्रकारिता मेरो रुचिको विषय हो ./

                Archieved by -Email-(JAIKI MUJHHU)


____________________________________________________


                     This page has been visited  times. thank you for visiting.
 मुख्य पेज  कविता   गजल   गीत  मुक्तक  हाईकू / तांका  रचना सम्प्रेषण
   म्युजिक भिडियो   फोटो ग्यालरी  च्याट रुम  गेष्ट बुक    हाम्रो बारेमा  

____________________________________________________

This Site has been designed for 800x600 resolution and Macromedia Flash Player 5. ________________________________________________________________________________ 

 
  All right reserved by ©Dobato internet literary magazine.   Mailing address:-dobato@emails.la
 

 

 

Create a free website at Webs.com