भीरैभीर रंगैरंग, लोकार्पण नयाँ स्रष्टा नयाँ रंग - [2006-07-12]
जीवन सधै एकनाशको हुन सक्छ रु सक्दैनु एकथरी स्रष्टाको भनाइ छ- जीवनका अनेक रङ हुन्छन्, समय र परिस्थिति अनुरूप बदलाव आइरहन्छ । रंगवादको नाममा केही वर्षदेखि बहस हुँदै आएको यही विषय शनिबार चर्चाको विषय बन्यो ।
समालोचक डा। गोविन्दराज भट्टराई, डा। सञ्जीव उप्रेती, कुमार कोइराला, डा। तुलसी भट्टराई, विष्णुविभु घिमिरेदेखि रंगवादका अभियन्ता धर्मेन्द्रविक्रम नेम्बाङसम्म रंगवादलाई उत्तर आधुनिकतासँग जोड्दै थिए । यो नयाँ प्रयोगलाई बुझ्न नयाँ आँखा चाहिन्छ, रंगवादको चौथो कृति चन्द्रवीर तुम्बापोको भीरैभीर रंगैरंगु लोकार्पण गर्दै भट्टराईले भने- चन्द्रवीरले यस्तै प्रयोग गरेका छन्, जहाँ भावसँगै दर्शन र कला छ ।
ुअब जीवन र जगत एकै ढाँचाले चल्दैनु रंग साहित्य फाँटको नामबाट अभियान चलाइरहेका धमेन्द्रको तर्क थियो-अनेक विकल्प र विविधतालाई स्वीकार गनर् लोकतान्त्रिक मान्यता पनि हो । यो बहुरंग साहित्यमा आउनुपर्छ ।
एकत्वभन्दा विविधता र नयाँपनलाई जोड दिने भएकाले कुमारले चाहिँ रंगवादलाई निरंकुशताविरोधी समावेशी साहित्यको उपमा दिए । ुतर भाषाको मूल रूपलाई बिगारिएको देख्दा चाहिँ,ु उनको भनाइ थियो- ुदुःख लाग्छ ।ु
रंगवाद घोषणासँगै हालसम्म निस्किएका कृतिमा शब्दलाई अनेक प्रयोगमार्फत दृश्यका रूपमा समेत कुँदेका छन् । ुकतिपय हकमा शब्दले सबै नबुझाउन पनि सक्छ, सञ्जीव भन्दै थिए- त्यतिबेला शब्द दृश्यले पाठकलाई तान्न सक्छ । यसअघि रङ साहित्यअन्तर्गत धर्मेन्द्रविक्रम नेम्बाङले भीरैभीरको रंगु र स्वप्निल स्मृतिले रंगैरंगको भीरु सार्वजनिक गरेका छन् । यी दुइटै कृतिसँगु भट्टराई भन्दै थिए- च्ान्द्रवीरको कृतिको पनि साइनो छ ।
____________________________________________________