Dobato
  Dobato  

 literature is a kind of poison. www.freewebs.com/dobato 

    

 
 

Home | Kavita | Gazal | geet | Heiku/taankaa | Muktak | Send your articles | Photo Gallery | Chat_room | Guestbook | other links | About us |


 

 
aantaristriya ......
   

अन्तराष्ट्रिय नेपाली साहित्य समाजमा विवाद

अन्तराष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय समितिको निर्वाचनको विषयलाई लिएर उमेद्वार, केन्द्रीय समिति निर्वाचन समितिबीच विवाद उत्पन्न भएको दुइ महिनापहिले प्रकाशित निर्वाचन कार्यक्रमअनुसार महासचिव उपाध्यक्ष पदबाहेक अरु सबै पद निर्विरोध चयन भइसकेको तर महासचिवका उमेद्वार गोकुल पौडेल उपाध्यक्षका उमेद्वार शेखर ढुंगेलले भने निर्वाचन समिति निवर्तमान कार्यसमितिले आफूहरुलाई भेदभाव गरेर मतदाताको सर्म्पर्कमा आउन नदिएको भन्दै निर्वाचन प्रक्रिया पूर्णत: बहिस्कार गर्दै पुनर्निर्वाचन प्रक्रियाको माग गरेका छन् ।अमेरिकाबाट अपडेट हुने नेपाली पोष्ट डटकमले दिएको समाचारअनुसार समाजको पूवप्रकाशित सूचनाअनुसार जुन तारिखका दिन सम्पन्न हुनुपर्ने निर्वाचन जुन १५ का लागि सारिएको थियो भने त्यसपछि पुनः जुन २० देखि २६ सम्मका लागि इलोक्ट्रोनिक मतदानको व्यवस्था गरिएको जनाइएको तर उमेद्वारद्धय पौडेल ढुंगानाले आफूहरुलाई निर्वाचन समिति केन्द्रीय समितिले मतदाताको इमेल ठेगाना माग्दा अमेरिकाको गोपनीयताको कानुन भंग हुनेजस्ता कुरा अघिसार्दै सर्म्पर्क गर्न नदिएको बताएका छन् ।यसैबीच, निर्वाचन समितिले यही जुन २० तारिखदेखि सुरु भएको मतदानलाई अरु चार दिन बढाएको निर्वाचन समितिका प्रमुख सुमन तिम्सिनाले बताउनुभएको उहाँले उम्मेद्वारहरुको माग जायज भएकाले थप व्यवस्था गरिएको जानकारी दिनुभयो तिम्सिनाले केन्द्रीय समितिबाट प्राप्त सबै सूचना उम्मेद्वारलाई उपलब्ध गराइएको उम्मेद्वारले पनि निर्वाचन समितिमार्फ् आफ्ना कुरा मतदातासमक्ष राख्ने व्यवस्था मिलाइएकाले त्यस्तो कुनै भेदभाव नगरिएको दाबी गर्नुभयो
उता, उम्मेद्वारद्वय पौडेल ढुंगेलले भने २० तारिखका दिन सुरु भइसकेको मतदानका सम्बन्धमा सुरुमा गोपनीयता कानुन भंग हुने तर्क गर्दै कुनै मतदाताको सर्म्पर्क नदिएको तर २२ तारिखका दिन भने गोपनीयताको कानुन भंग नगर्ने पत्रमा हस्ताक्षर गरे मात्र आफूहरुलाई मतदाताको सर्म्पर्क दिइने जानकारी दिएकाले पूर्णत यो निर्वाचन प्रक्रियागत नभएकाले बहिस्कार गर्दै पुनः निर्वाचनको मागसहित निर्वाचन समिति केन्द्रीय समितिलाई जानकारी गराएको एक विज्ञप्तिमार्फ् जनाउनुभएको विज्ञप्तिमा भनिएको , ‘निर्वाचन प्रक्रियाको सामान्य नियमअनुसार पनि कुनै उमेद्वारलाई मतदाताको सर्म्पर्कमा पुग्ने माध्यम दिइनु अनिवार्य यो प्रजातान्त्रिक प्रक्रिया हो, त्यसमा पनि अत्याधुनिक अनलाइन माध्यमबाट निर्वाचनको जुन प्रक्रिया सुरु भएको , त्यसमा मतदाताको उम्मेद्वारको सर्म्पर्क अनिवार्य हुन्छ, तर निर्वाचन कमिटीले अमेरिकाको गोपनीयतासम्बन्धी कानुनको उल्लंघन हुन सक्ने बाहना बनाई सर्म्पर्क नदिएकाले यो निर्वाचनको कुनै अर्थ नहुने हुँदा यो निर्वाचन प्रक्रिया बदर गरी नयाँ प्रक्रियाअनुसार निर्वाचन गर्न माग गर्दछौं ।’यसै सम्बन्धमा निर्वतमान अध्यक्ष मोहन सिटौलाले त्यस्ता कुनै समस्या नभएको समाजले अत्याधुनिक वैज्ञानिक प्रक्रियाको प्रयोग गर्दै समाजलाई अगाडि बढाउने प्रयास गरिरहेको बताउनुभयो त्यसैगरी, समाजका पूवअध्यक्ष तथा मतदाता वसन्त श्रेष्ठले उम्मेद्वारहरुले मतदातासँगको सर्म्पर्क पाउनु जायज माग भएको आफूलाई निर्वाचन समितिबाट त्यस्तो कुनै पनि प्रकारका उम्मेद्वारका सूचना प्राप्त नभएको बताउनुभयो
यसैबीच, उमेद्वारद्धय पौडेल ढुंगेलले अनेक बहानामा आफूहरुलाई भेदभाव गरिएको प्रमाणित भइसकेकाले निर्वाचन प्रक्रिया बदर गरी पुनपर््रक्रिया सुरु नगरे आफूहरु पनि कानुनी उपचारको बाटोमा लाग्न बाध्य हुने बताउनुभयो निर्वाचनमा महासचिवका प्रतिद्धन्द्धी क्यानाडाबाट सुरेन उप्रेती उपाध्यक्षमा रुसबाट डा. मधुकृष्ण श्रेष्ठ माधर्ुय रहनुभएको

 


____________________________________________________

This Site has been designed for 800x600 resolution and Macromedia Flash Player 5. ________________________________________________________________________________ 

 
  © Dobato internet literary magazine.
 

 

 

Create a free website at Webs.com