Dobato   Dobato  

 literature is a kind of poison. www.freewebs.com/dobato 

    

 
 

Home | Kavita | Gazal | geet | Heiku/taankaa | Muktak | Send your articles | Photo Gallery | Chat_room | Guestbook | other links | About us |


 

 
   

मोती जयन्ती तथा कवितावाचन कार्यक्रम सम्पन्न

नेक सम्वाददाता - 28/08/2006

  

दोहा २६ अगष्ट, युवाकवि मोतीराम भट्टको १४१औ जन्मजयन्तीको उपलक्ष्यमा नेपाल कतार पत्रकार संघले हिजो मोती जयन्ती तथा कविता वाचन कार्यक्रमको आयोजना गरेको थियो

नेपाल कतार पत्रकार संघका सभापति रवि भट्टको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको उद्घटन प्रमुख अतिथि नेपाली राजदूतावासका कार्यवहक राजदूत राजेन्द्र पाण्डेले मैनवत्ती वाली गर्नुभएको थियो भने कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाल कतार डट कमका संचालक शिखर बैद्य तथा राजधानी साप्ताहिकका कार्यकारि निर्देशक आशिष शेरचन रहनुभएको थियो अन्य अतिथिहरुमा गैर आवासिय नेपाली समाजका उपाध्यक्ष (मध्यपूर्व) सागर नेपाल गैर आवासिय नेपाली समाजका कतार प्रतिनिधि भिम प्रसाद शर्मा तथा गैर आवासिय नेपाली समाज कतार शाखाका अध्यक्ष कमलमणि गुरागाईका साथै अन्य समाजका अध्यक्ष तथा पदाधिकारीहरु उपस्थित हुनुहुन्थ्यो

२५० जना भन्दा बढी नेपालीहरुको उपस्थिति रहेको सो कार्यक्रममा नेपाल कतार पत्रकार संघमा उप सभापति नेत्र खनालले स्वागत मन्तव्य तथा महासचिव ऐत राज तुम्रोकले संघको बारेमा जानकारी दिनुभएको थियो

कार्यक्रमको शुरुमा प्रमुख अतिथि नेपाली राजदूतावासका कार्यवहक राजदूत राजेन्द्र पाण्डेले युवाकवि मोतीराम भट्टको तस्विर मल्यार्पण गर्नुभएको थियो भने बलहरि रानाद्वारा रचित कविता संग्रह "वर्षातमा भलहरु" को विमोचन पनि गर्नुभएको थियो

कार्यक्रममा ३०० भन्दा बढी गजल कविता गितहरु प्राप्त हुन आएता पनि करिव १२० वटा रचनाहरु वाचनको लागि छनौट गरिएको थियो भने करिव ७० वटा रचनाहरु रचयिताहरुले वाचन गरेका थिए

पाँच घण्टा भन्दा बढी चलेको सो कार्यक्रमको अन्तमा छनौट भएका रचनाका रचनाकारहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो

copied from www.nepalqatar.com 

if you want to see more photoes of programme click here 


____________________________________________________

This Site has been designed for 800x600 resolution and Macromedia Flash Player 5. ________________________________________________________________________________ 

 
  All right reserved by ©Dobato internet literary magazine.   Mailing address:-dobato@emails.la
 

 

 

Create a free website at Webs.com