साहित्यीक इन्टरनेट पत्रिका

Dobato::literature is a kind of poison. www.dobato.webs.com

Sahitya ek nasa ho.......

साहित्य एक नशा हो, माध्यम हो केही बिधागत ढांचाहरु

          
साहित्य एक नसा हो माध्यम पनि हो। जस मार्फत आफ्नो भावना बीचारहरु अरु माझ पुर्याउन सकिन्छ। यीनै भावना वा बीचारहरु प्रस्तुत गर्नलाई धेरै तरिकाहरु अपनाएर बिभिन्न बिधाको रुपमा छुट्याईएका छन्। जस्तै कथा कविता उपन्यासनिबन्ध नियात्रा एबं गीत गजल मुक्तक हाईकु तांका…॥ आदी कतिपय बिधाहरु लेखनको आधार बाट छुट्याईएका छन् भने कतिपय संरचनाको आधारमा छुट्याईएका छन्। जस्तै कथा उपन्यास निबन्ध नियात्रा आदी लेखनको अधारबाट छुट्याएको पाईन्छ भने गजल मुक्तक हाईकु तांका आदी संरचनाको आधारमा लेख्ने गरेको पाईन्छ।
कुनै पनि लेखकले लेख्नु भन्दा अगाडी कुन साहित्यीक बिधा कसरी लेखिन्छ भन्ने कुरा जान्न अति आबश्यक ।यहां तल केही साहित्यीक बिधाहरुको हाल सम्म मान्यता प्राप्त संरचनात्मक ढांचा हरु प्रस्तुत गरिएका छन्

gazal ko samarachanatmak dhacha

                  गजल को संरचनात्मक ढांचा

- यो दुई दुई हरफको पंत्ती मिलाएर देखि माथी जती सम्म पनि लेख्न सकिन्छ।
-
पहिलो पंत्तीको वटा हरफमा अन्त्यानुप्रास मिलाउनु पर्दछ।
-
दोश्रो पंत्तीको पहिलो हरफ स्वतन्त्र हुनु पर्दछ भने दोश्रो हरफमा पहिलो पंत्ती संग अन्त्यानुप्रास मिलाउनु पर्दछ
-
तेश्रो पंत्तीमा पनि पहिलो हरफ स्वतन्त्र हुनु पर्दछ भने दोश्रो पंत्तीमा जस्तै दोश्रो हरफमा अन्त्यानुप्रास मिलाउनु पर्दछ।
जस्तैः
अलिकती के चाखे थें मात्तिएर फेरी पिएं
झ्याम्पुतली सामु पर्दा ठांट्टीएर फेरी पिएं

यती पिउंदै के जान्छ गए यत्रो खांचै सिती
बास सडक सरे सर्छ आंटिटएर फेरी पिएं

कोट माथी टाई अनि टेबुलमा मोबाईल राखी
घरी घरी चश्मा मिलाई झांट्टिएर फेरी पिएं

भताभूंग लथािलंग देखे पछि जीन्दगी यो
मैले पनि जीवन देखी आत्तीएर फेरी पिएं

आफू संगै कसम खाएं फेरी खान्न भनी तर
हरेक साझ प्यास संग ढांट्टिएर फेरी पिएं

          
माथीको गजलमा जम्मा वटा पंत्तीहरु छन्। जसमा मात्तिएर ठांट्टीएर आंटटीएर झांटटीएर आत्तिएर ढांटटीएर…। यी अन्त्यानुप्रास लाई गजल को भाषामा काफिया भनिन्छ। हरेक हरफको अन्तिममा फेरी पिएं दोहोरीएको यसलाई रदिफ भनिन्छ। रदिफ बिहिन पनि गजल लेख्न सकिन्छ तर काफिया बिनाको गजल हुन सक्दैन। गजलको भाषा मा एउटा पंत्तीलाई शेर भनिन्छ भने हरफलाई मिसरा भनिन्छ एउटा शेर को पहिलो मिसरा लाई मिसरा सानी दोश्रोलाई मिसरा उला भनिन्छ गजलको पहिलो शेर लाई मत्ला अन्तिम शेर लाई मक्ता भनिन्छ सामान्यतय गजलकारहरुले अन्तिम शेर मा आफ्नो नाम वा उपनाम राख्ने गरेको पाईन्छ यसलाई तखल्लुस भनिन्छ गजल गेय विधा हो त्यसैले लयात्मक हुनु पर्दछ गजलमा लय लाई बहर भनिन्छ गजल लेख्दा बहर मा बिशेष ध्यान दिनु पर्दछ

muktak ko samrachanatnak dhacha

         मुक्तकको संरचनात्मक ढांचा

-
मुक्तक जम्मा हरफमा लेखिन्छ
-
जसमा पहिलो दोश्रो चौंथो हरफमा अन्त्यानुप्रास मिलाउनु पर्दछ भने तेश्रो हरफ स्वतन्त्र हुनुको साथै यसले चोटिलो प्रहार अन्तिम हरफको लागी लुकाएको हुनु पर्दछ
-
सामान्यतया यसको संरचना गजल को पहिलो दोश्रो शेरलाई मात्र राखेर हेरे जस्तो देखिन्छ तर गजल मा गेयात्मकता अनिवार्य हुन्छ
जस्तैः
                               
दुई मुक्तक

१।मुटुको घाउ चर्किरहेछ औषधी एकजात छैन
दुःख आईपरेको मायालुको साथ छैन
अब संसारै बिरानो लागी सक्यो मलाई
बलिन्द्रधारा आंशु बगेको पुछीदिने हात छैन

२।तार टुकि्रएर बिलाएको संगीत हुं
संगीत नपाएर जकडिएको गीत हुं
के भनौ खै आफुले आफैंलाई
घात बात पचाएको प्रीत हुं

                                                            
श्रीहरी फुयांल युबामाच बाट

मुक्तक लाई रुवाईया पनि भन्ने गन्छि

heiku ko samarachanatmak dhacha

हाईकुको संरचनात्मक ढांचा

-
यो अक्षरको मात्रा को आधारमा जम्मा तीन हरफ भीत्र लेखिन्छ
-
पहिले हरफमा जम्मा अक्षर हुनु पर्दछ
-
दाश्रो हरफमा जम्मा अक्षर हुनु पर्दछ
-
अन्तिम अर्थात तेश्रो हरफमा पुनः अक्षर हुनु पर्दछ
जस्तैः

टिक्न सकेन
तानाशाही शासन
जन्ता मिचेर


taankaa ko samarachanatmak dhacha

तांका को संरचनात्मक ढांचा

- तांका लेख्ने ढांचा हाईकु संग उस्तै हो यो जम्मा हरफ मा लेखिन्छ
-
पहिलो हरफमा अक्षर
-
दोश्रो हरफमा अक्षर
-
तेश्रो हरफमा ५अक्षर
-
चौंथो हरफमा अक्षर
-
पांचौ तथा अन्तिम हरफ मा अक्षर हुनु पर्दछ
जस्तैः

खप्पर भीत्र
विर्य परेछ क्यारे
मन त सधैं
चिप्लीन खोज्छ रात
पाईला पनि त्यतै॥