छ हाईकु
- सकु थापा
१
मुर्दा शान्ति
कुर्सीको राजनीति
कर्फ्युको देश ।
२
नसालु आँखा
यौवनको मादक
चढदो बैंश
३
फूलको थुंगा
बोटमै सुन्दर छ
मूर्तिमा हैन ।
४
नङ्नमा हैन
राम्री देखिन्छ्यौ तिमी
पहिरनमै ।
५
नशामा चुर
दुःख सबै बिर्सन
फलाक्दै दुःख ।
६
मिनपचास
उर्लिएका व्यापारी
अन्यौलबच्चा ।
भक्तपुर, नेपाल
____________________________________________________