जाँ गए नी नेपाली हुँ, नेपाल मनमै हुन्छ । खोज्छौ भने चिनारी नै, आफ्नो पनमै हुन्छ ।
कम्मर भाँची सामलाको, तालमा नाच्नु पर्छ । स्वभिमानी पौरखी भई, सधैं बाँच्नु पर्छ । आफ्नो शूर आफ्नो भाका, आफ्नै धुन गाउछु । हरेक पल्ट आफु संग हिमाल हुन पाउछु ।
पर्ुखाहरुको बीर गाथा, सम्झी राख्नु पर्छ । नेपालीको पहिचान, दिन सक्नु पर्छ । मेरो नाम संग सधैं, पुरखा जोडि आउछ । ओठ पनि उनैहरुको भक्ति गीत गाउछ ।
|