सबैले लेख्छन्, पिउदाको गजल । खोइ दमनमा , जिउदाको गजल ।
भारदारहरु अल्झीरहे स्तुतीमा , छैन स्वभिमान् , सिउदाको गजल ।
बहकिनु मात्र हुन्न चाहिदो रै’छ , यी दश नंग्रा खियाउदाको गजल ।
मौन बस्ता हेप्छन् अझ, बोल अब , साँचो र सत्य चियादाको गजल ।
बोल्न थालौं , लेख्न थालौं, गाउन थालौ । बिहानी अर्कै ल्याउदाको गजल ।
|