
गजल
- कुमार कार्की
आफु हाँसि अरु रुने गीत हुन्न कहिले पनि।
दुख पर्दा झर्ने आँशु शित हुन्न कहिले पनि।
मानवताको मूल्य सोध्छौ यदि आज तिमी भने,
दाजु मार्ने भाईको जित हुन्न कहिले पनि।
प्रेम गर्ने भूल हैन एउटा ठूलो धर्म रैछ,
वचनले घांटी सेर्ने प्रीत हुन्न कहिले पनि।
तिमीसंग गर्नु पर्ने त्यस्तो ठोस कुरा छैन,
स्वार्थ लुट्न खोज्ने साथी मित हुन्न कहिले पनि।
अहमताको भारी बोक्नु धुरी माथि चढ्नु हो,
गरिवसँग त्यस्तो रित हुन्न कहिले पनि।
दोहा , कतार
copied from www.HKnepal.com
____________________________________________________