गजल
रामगोपाल आँशुतोष
जस्तो हुनु हुन्न भन्छ उस्तै हुन खोज्छ मान्छे
औकात छैन नुन खाने किन्न सुन खाज्छ मान्छे
उड्न खोज्दा सगरमा धर्तीमा कति झरेका छन्
फेरि पनि बाँच्नलाई किन जुन खोज्छ मान्छे
हाँसी हाँसी बिताउनु जीवनको वास्तविकता
यथार्थको धर्ती छाडी सगर छुन खोज्छ मान्छे
नांगै आयौं यो धर्तीमा जान्छौं पनि नांगै हामी
फेरि किन आफू बाँच्न अरुको खुन खोज्छ मान्छे
मानिस भई जन्मिँदा पनि मर्दा पनि एक्लै
आफन्तको बिदाईमा किन रुन खोज्छ मान्छे
आँशुतोषका रहरहरु बाट