Gazal.... by Chandra tamang
गजल
-चन्द्र तामाङ [13th ,august 2006]
छिन छिनमै पल्टि रह्यो पासा यहाँ
देखिए थरि थरिका तमासा यहाँ
एकतिर अहिंसाको स्तोत्र जप्नेहरु
अर्कातिर रगत को प्यासा यहाँ
नेपथ्यमा के भयो? केही थाहा छैन
हुनु पर्छ सबै अब खुलासा यहाँ
सडकमा पोखिदो छ जनताका चाहना
के रह्यो र? अनुत्तरित जिज्ञासा यहाँ
रात ढल्यो जसो तसो तर खवार्दार!
उषा नहुँदै नछाओस् निराशा यहाँ
- मरिण खोला, सिन्धुली
हाल्: यु ए ई