गजल
- दर्ुगा र्राई [11th, august2006]
आफ्नै निष्पाप सपनाहरु संगै कति चोटि हो, यहाँ टुट्नु पर्ने -
सबै माझा आफैलाई टुटाएर कति कति हो, अझै दुख्नु पर्ने -
कुन मास हो यो जिन्दगी फुलेन कहिल्यै म भित्र खुशिहरु,
यो आशु आशुकै छाल भित्र मैले कहिले सम्म हो, लुक्नु पर्ने -
आरोह अवरोह, यात्र परियात्र मै सिमित भो जिन्दगी आज,
अझै कति हो गोरेटोमा भेटिएर, दोबाटोमा एक्लै छुट्नु पर्ने -
शब्द शब्दमा कर्म कोर्दै बाचिएकै छ दुनियाँमा जसो तसो हजुर,
खै ! थाहा छैन यस् संसार देखि पनि कहिले हो उठ्नु पर्ने -
- भोजपुर, हाल काठमाण्डौ
____________________________________________________