गजल
-जैकी मोजाहु
उसको याद नै एउटा सहारा भयो
यसैले मेरो आजसम्म गुजारा भयो
मेरो छेउछाउमा किन यस्तो अन्ध्यारोे
आज नै चन्द्र र र्सर्ूय किन तारा भयो
उदास उदास आज देखिएन त्यसै
आफ्नै प्यार आज उसको हत्यारा भयो
मेरै आंगनमा फक्रिएको फूल टिप्छु
फुलवारीका फूल जति अवारा भयो
नसोध् मलाई मेरा अर्ंतर्वेदनाहरू
अकालमै कोही अल्लाहको प्यारा भयो
किनारा नदीका यौटा यता अर्काे उता
न खियाऊ डुंगा छालको ऊ चारा भयो
विष मलाई अमृतझैं लाग्न थालेछ
जिन्दगीको अब मृत्यु नै सहारा भयो
जे राजालाई चाहियो त्यै प्रचण्डलाई
गिरिजाबाबु सडकको बञ्जारा भयो
भुस्याहा कुकुर किन भुक्थ्यो र गाउँमा
अब शहरमै सवैको पुकारा भयो
मोतीका हुन्, बंूदका हुन् या हुन् वाकरका
लौ उनैका शब्द "म्ाोजाहु" को नारा भयो